गोकुल बाँनिया, पोखरा १ असार । नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदिप नेपालले केपी ओलीलाई पार्टी अध्यक्ष बनाईछाड्ने दाबि गरेका छन् ।
नवौ महाधिबेशनको लागि ओली पक्षबाट उपाध्यक्षका प्रत्यासी समेत रहेका नेता नेपालले देशभरको माहौल ओली पक्षमै रहेकाले उनिनै पार्टी अध्यक्ष बन्ने जिकिर गरेका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले १५ पोलिटब्युरो सदस्य र ७ अञ्चल ईन्जार्ज , अधिकांश जिल्ला अध्यक्षहरु सहित सबै जनबर्गिय संगठन ओलीकै पक्षमा रहेको दाबि गरेका छन् ।
नेतृत्व हस्तान्तरणको लागि आफु लगायतका नेताहरुले बर्षौदेखि पहल गर्दै आएको र सोहि अनुसार ओलीलाई समर्थन गरेको बताए । अद्यपी उनले मुख्य चार नेताको ब्यबस्थापन बिना पार्टी अघि नबढ्ने उल्लेख गरेका छन् ।
पार्टी अध्यक्ष झलनाथ खनाल, अध्यक्षका प्रत्यासीद्धय माधब नेपाल र केपी ओली सहित उपाध्यक्ष बामदेब गौतमलाई केन्द्रिय सल्लाहकार परिषद्मा नपु¥याए पार्टी सफल नहुने बताए । अस्वस्थताको कारण देखाउदै राष्ट्रपति वा प्रधानमन्त्री बन्न अर्को पक्षले दिएको सुझाबको खण्डन गर्दै उनले सबैलाई मिलाएर लैजान सक्ने नेता भएकाले माधब नेपालनै राष्ट्रपति बन्दा उपयुक्त हुने सुझाए ।
अर्को पक्षसंग सहमतिको लागि अन्तिमपटक प्रयास गर्ने र नभए निर्बाचनमा जाने उनले बताएका छन् । आगामी महाधिबेशनबाट पार्टी अध्यक्षमा ओलीको जित सुनिश्चित रहेको नेपालले ठोकुवा गरेका छन् । ७० बर्ष पार गरेका नेतालाई कार्यकारी पदमा नराख्दा र एउटै ब्यक्ति एउटै पदमा दोहो¥याएर बस्न नपाउने गरी ल्याईएको प्राबधानले नया पुस्तालाई अबसर प्रदान गर्ने उनको दाबि छ ।
