नगरपालिका सम्बन्धी समाचारका कारण निलम्बित पत्रकार पौडलको पुर्नबहाली

Share:

माधब पनेरु, पोखरा २ असार । समाचार पढेको बिषयमा बिबाद भएपछि निलम्बीत पोखराको सराङ्गकोट एफ एमका समाचार प्रमुख कमल पौडेल अथक पदमा पुर्नबहाली भएका छन् ।

रेडियोका ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर बस्नेतले पौडेललाई निलम्बन गरिएको पत्र थमाएका थिए । पोखरा उपमहानगरपालिकाको समाचार पढेको बिषयमा नगरपालिकाका कर्मचारीहरु रेडियोमा नै पुगेर समाचार रोक्न दवाव दिएपछि रेडियोको ब्यबस्थापन समाचार रोक्न राजि भएको थियो । तर समाचार प्रमुख पौडेलले समाचार नरोक्ने अडान लिएपछि बिबाद भएको थियो । पौडेलले ब्यबस्थापन समितिको र्निणय नमानेपछि पौडेललाई ६ महिनाको लागि निलम्बन गरिएको ब्यबस्थापन समितीका अध्यक्ष बस्नेतले बताए ।

आज पत्रकार महासंघ कास्कीमा भएको बिभिन्न पत्रकार संबद्ध संघ सस्थाका प्रमुख तथा प्रतिनिधि निलम्बीत पत्रकार पौडेल र सराङ्गकोट एफ एमका ब्यबस्थापन संग भएको छलफल पछि पौडेललाई पुनःबहाली गर्ने मौखिक सहमति भएको हो । रेडियो ब्यबस्थापनले पौडेलको निलम्बन प्रकृयामा गल्ती भएको स्वीकार गरेका थिए । आगामी दिनमा रेडियोको हितमा रहेर काम गर्ने , ब्यबस्थापनले समाचारमा कुनै पनि हस्तक्षेप नगर्ने सहमति भएको पत्रकार पौडेलले बताए ।
नगरपालिकाको भ्रष्टाचार उजागर गर्दा समाचार प्रमुख निलम्वित
माधब पनेरु, पोखरा १ असार । पोखरा उपमहानगरपालिका कार्यालय भित्रको भ्रष्टाचार, ढिला सुस्ती र अनियमितता वारे समाचार प्रसारण गरेको भन्दै पोखराको रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथक ६ महिनाको लागि निलम्वनमा परेका छन् ।

नगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको निर्देशनमा रेडियोमा पुगेको टे«ड युनियन संग संम्वद्ध एक समूहले रेडियो व्यवस्थापनलाई आर्थिक प्रभावमा पारी समाचार प्रमुख अथकलाई निलम्वन गरेको हो । उनलाई जेष्ठ ३१ गते रातको वैठकले असार १ गतेदेखि लागू हुने गरी मंसिर मसान्तसम्म निलम्वन गरेको वुझिएको छ ।

यस अघि रेडियोे व्यवस्थापन समितिको २९ गते वसेको वैठकले उनलाई विहानको समाचार कटौति गरेको पत्र थमाएको थियो । समाचार प्रमुखलाई नै जानकारी नदिई व्यवस्थापन समितिले कटौति गरेको समाचारको स्थानमा अर्कै एक व्यक्तिलाई रातारात पदस्थापन गरेको श्रोतले वताएको छ ।

विगत डेढ दशकदेखि पोखराका छापा तथा विद्युतीय संञ्चार माध्यममा कार्यरत अथक विभिन्न मिडिया हुँदै पछिल्लो समयमा रेडियो सराङ्कोटमा समाचार प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए ।

पत्रकार अथकले नगरपालिका भित्रका विभिन्न अनियमितता वारे पछिल्लो समयमा रेडियो, पत्रिका र समाजिक संञ्जाल फेसवुक मार्फत उजागर गर्दै आएका थिए । रेडियोको विहानी खवरमा नगरपालिकाको खवर वाचन गरेपछि उनलाई रेडियोवाट हटाउन भन्दै नगरपालिकाको एक टोली सक्रीय रहेको अथकले बताएका छन ।

अथकले समाचार प्रमुख जस्तो व्यक्तिलाई वैठकमा उपस्थित नगराई व्यवस्थापन समितिले नगरपालिकाको दवावमा परेर निलम्वन पत्र थमाएकोे भन्दै त्यसको भ्रत्र्सना समेत गरेका छन् ।

यसै वीच आफू समाचार प्रमुखवाट निलम्वित भएपछि प्रतिक्रिया दिदै पत्रकार अथकले यो सतिले सरापेको देशमा आफूलाई आफ्नै रेडियोले संरक्षण गर्नुपर्नेमा उल्टै दण्ड दिएकोमा दुःख व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: