सिरियाली विद्रोहीलाई ५० करोड ओबामाको आग्रह

Share:

असार १३ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली विपक्षी समूहका लागि ५० करोड डलरको सहायता रकम पारित गर्न संसदलाई आग्रह गर्नुभएको छ ।

यो रकम विपक्षीलाई प्रशिक्षण र हतियार आपूर्तिका लागि हुने र सिरियाका राष्ट्रपति बसर अल असदको सैन्य फौजको प्रतिकार गर्न सहयोग पुग्ने ह्वाईट हाउसले जनाएको छ ।

अमेरिकी सहायता रकमले इराकमा संघर्षरत आइसिस लगायतका इस्लामिक लडाकु समूहको प्रतिकार गर्न सकिने तथा इराकमा नागरिक र विपक्षी सशस्त्र बललाई सशक्त बनाउने अमेरिकी सरकारको प्रयासलाई निरन्तरता दिन मद्दत पुग्ने दावी गरिएको छ ।

ह्वाइट हाउसले यो रकमले विपक्षी नियन्त्रित क्षेत्रको अवस्था सामान्य बनाउन राख्न र आतंकवादी खतरासंग लड्न मद्दत पुग्ने पनि उल्लेख गरेको छ ।

राष्ट्रपति ओबामालाई केही सांसदले सिरियाली क्षेत्रमा सहयोग वृद्धि गर्न दबाब दिइरहेपनि उहाँको अनुरोधलाई संसदले कहिले र कस्तो प्रतिक्रिया जनाउने भन्ने स्पष्ट नभएको बिबिसीले उल्लेख गरेको छ । ओबामाले गएको महिना सिरियाली विपक्षीका लागि सहयोग वृद्धि गर्ने संकेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: