विश्वकपका चर्चित स्क्यान्डल

Share:

गेरेल इमरे, असार १३ – ब्राजिल विश्वकपमा उत्कृष्ट गोल, रोमाञ्चक खेल र उत्साहजनक वातावरण छ । तर यसमा अघिल्ला विश्वकपमा जस्तो चर्चित ‘स्क्यान्डल’ भने भएको थिएन । जुन अविस्मरणीय होस् । तर उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले इटालीका जर्जियो चेलिनीलाई टोकेर त्यसलाई पनि पूरा गरिदिए । यहाँ केही अरू यस्ता घटना, खेलाडीले गरेको काम र रेफ्रीको गल्तीलाई समेटिएको छ ।

“ह्यान्ड अफ गड”

अर्जेन्टिनाका डिएगो म्याराडोना विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । पेलेलाई चुनौती दिने स्टारका रूपमा परिचित छन् । म्याराडोनाको सबैभन्दा अविस्मरणीय क्षण थियो, मेक्सिकोमा सन् १९८६ मा भएको विश्वकप क्वाटरफाइनल खेल । उनले इंग्ल्यान्डविरुद्ध खेलमा उफ्रदै बललाई हातले पोस्टको दिशा दिए । र, खेलमा अर्जेन्टिनालाई १-० को अग्रता दिलाए । उनको त्यो हर्कतले इंग्ल्यान्डका खेलाडी समस्यामा परेका थिए । तर युनिसियाका रेफ्री अली बिन नसारले म्याराडोनाले हेडमार्फत गोल गरेको सोचे र गोल दिए । यो खेल इंग्ल्यान्ड र अर्जेन्टिना बीचको फकल्यान्ड युद्धपछि भएको थियो । गोलपछि म्याराडोनाले त्यो ह्यान्ड गोल नभएर ‘ह्यान्ड अफ गड’ भन्दै व्याख्या गरेका थिए । उत्कृष्ट खेलाडी म्याराडोनाले केही समयपछि एक्लै बललाई सेन्टरबाट लगेर अविस्मरणीय गोल गरेका थिए । त्योसँगै अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हरायो । पछि अर्जेन्टिनाले विश्वकप नै जित्यो ।

नभएको त्यो गोल

गोल लाइन र रिप्ले हुने प्रविधि आउनु निकै अघि, जियोफ हर्सले विश्वकपमा रोमाञ्चक गोल गरेका थिए । त्यो गोल उनले सन् १९६६ को विश्वकपको फाइनलमा पश्चिम जर्मनीविरुद्ध गरेका हुन् । त्यो खेल इंग्ल्यान्डले ४-२ ले जितेको थियो । खेलको अतिरिक्त समयमा खेल २-२ बराबरी भएको थियो । हर्सले जोडदार प्रहारको बल क्रस बारमा लागेर फर्किएको थियो । तर त्यो बलले लाइन क्रस गर्‍यो वा गरेन त्यस बेलाको प्रश्न थियो । इंग्ल्यान्डका खेलाडीले बलले लाइन क्रस गरेको बताएका थिए भने जर्मनीका खेलाडीले क्रस नभएको । त्यसबेला सोभियत युनियनका रेफ्री थिए । जसले त्यो गोल दिए । तर जर्मनले त्यो कुरालाई माफ गरेन । अहिले अध्ययन गर्दा त्यो गोल थिएन ।

त्यो गोल जुन हुनुपथ्र्याे

व्यक्तिगत रूपमा एक रेफ्रीले एक पटक गल्ती गर्नु भनेको फरक कुरा हो । तर खेल अवधिभर नै एकै टिमको तर्फमा निर्णय गर्नु त्यो चाहिँ षड्यन्त्र हो । इक्वेडरका रेफ्री बाइरोन मोरेनोले सन् २००२ को इटालीविरुद्ध गरेको निर्णय निकै अविस्मरणीय रह्यो । नकआउट चरणमा घरेलु टिम दक्षिण कोरिया र इटालीले खेलेका थिए । सुरुआतमै इटालीका स्ट्राइकरलाई रेफ्रीले सीधै रातो कार्ड देखाए । त्यसबेला टोटीलाई रेफ्रीले आपै+m जानी-जानी लडेको आरोपमा कार्ड देखाएका थिए । त्यसपछि अतिरिक्त समयमा पनि रेफ्रीले डामिअनो टममासीको गोल्डेन गोललाई मान्यता दिएनन् । सन् २०११ मा मोरेनोलाई अमेरिकामा लागूपदार्थ हेरोइनको कारोबारको आरोपमा २ वर्ष जेल चलान गरिएको थियो ।

जिदानको रिस

सन् २००६ को विश्वकपमा फ्रान्सका प्लेमेकर जिनेदिन जिदानले इटालीका खेलाडीको छातीमा टाउकोले हाने । फ्रान्सले इटालीविरुद्ध फाइनल खेलिरहेको थियो । इटालीका मार्को माटेराजीले जिदानको बहिनीका बारेमा अपशब्द बोलेका थिए । रिसले चुर भएका जिदानले माटेराजीको छातीमा हाने । खेल टाइब्रेकरमा पुगेको थियो । इटालीले टाइब्रेकरमा विश्वकपको ट्रफी चौथो पटक उचालेको थियो ।

फेरि म्याराडोना

कोकिनको प्रयोगका कारण म्याराडोनालाई खेलबाट प्रतिबन्ध लगाइएको थियो । त्यो बेला उनी इटालीमा क्लब फुटबल खेल्थे । प्रतिबन्ध सकिएपछि म्याराडोना सन् १९९४ को विश्वकप खेल्न अमेरिका गएका थिए । तर उनी फेरि डोपिङमा फेल भए । त्योसँगै उनी प्रतियोगिताबाट बाहिरिए । म्याराडोनाले त्यसपछि अर्जेन्टिनी टेलिभिजनसँग भनेका थिए,’उनीहरूले मलाई फुटबलबाट संन्यास गराए । मेरो मन भाँचिएको छ ।’

सुमाकरको ट्याकल

विश्वकपमा धेरै खतरनाक ट्याकल भएका छन् । तर केही यस्तो डरलाग्दो पनि छ । जुन पश्चिम जर्मनीका गोलकिपर टोनी सुमाकरले फ्रान्सका प्याटि्रक बाटिस्टोनविरुद्ध गरेका थिए । त्यो खेल सन् १९८२ को सेमिफाइनल थियो । सुमाकर अघि बढेर पे|mन्च खेलाडीलाई प्रहार गरेका थिए । त्यसपछि बाटिस्टोन अचेत नै भए । त्यसबापत सुमाकरले कुनै पहेंलो कार्डको त कुरै नगरौं, फ्रान्सलाई फ्रिकिक पनि मिलेन । तर फाइनलमा इटालीले पश्चिम जर्मनीलाई हरायो । सुमाकरले ३ गोल खाए । त्यो हारलाई सबैले त्यसअघि गरेको गल्तीको सजायका रूपमा व्याख्या गरे ।

मिलेमतो

यहाँ धेरै टिम हुन्छन्, जसले खेल्नुअघि नै नतिजाको टुंगो लगाउँछन् । यस्तै लाजमर्दो खेल थियो, पश्चिम जर्मनी र अस्टि्रयाबीच सन् १९८२ मा भएको समूह चरणको खेल । त्यो खेलमा पहिले नै मिलेमतो भएको थियो । समूह चरणको खेलमा जर्मनीले एक वा दुई गोलले जितेमा सबै टिम दोस्रो चरणमा पुग्थे । बराबरी भएमा अस्टि्रया प्रतियोगिताबाट बाहिरिन्थ्यो भने अस्टि्रयाले जितेमा जर्मनी आउट हुन्थ्यो । उनीहरूलाई त्यो नतिजा चाहिने थाहा थियो । किनकि एक दिनअघि अल्जेरियाले चिलीलाई हराएको थियो । खेलमा जर्मनीले १० मिनेटमा १-० को अग्रता लियो । त्यसपछि दुवै टिमले बललाई पास गर्दै र खेलाउँदै समय बिताए । कमेन्टेटर कमेन्ट्री नै गर्न छाडेर हिंडेका थिए । तर फुटबल हेरिरहेकाले अरू नै हेर्न थाले । त्यो खेलपछि विश्वकपको समूह चरणका अन्तिम खेल एकै समयमा गर्न थालिएको हो ।

एपी

कमेन्ट गर्नुहोस्
Share: