नेपाललाई ट्वान्टी-२० राष्ट्रको मान्यता

Share:

१४ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको छ ।

मेलबर्नमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष एन श्रीनिवासको अध्यक्षतामा भएको बैठकले नेपाललाई यो स्तर दिने निर्णय गरेको हो। बैठकले नेपालसँगै नेदरल्याण्डलाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको हो ।

नेपाल र नेदरल्याण्डले बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । विश्वकपको समूह चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने टेष्ट मान्यता प्राप्त देश बंगलादेशसँग हार व्यहोरेपनि राम्रो चुनौती दिएको थियो ।

आईसीसीको निर्णयसँगै ८ एशोसिएट देशमा ट्वान्टी-२० राष्ट्रको मान्यता पाएको छ । अफगानिस्तान, हङकङ। आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यूगिनी र यूएईले यसअघि नै ट्वान्टी-२० राष्ट्रको मान्यता पाइसकेका थिए ।

‘आइसिसी बोर्डले बंगलादेशको टिट्वान्टी विश्वकपमा छानिएका नेपाल र नेदरल्यान्ड्सलाई टी ट्वान्टी स्तर दिन स्वीकार गरेको छ। अब ८ वटा एसोसिएट्स राष्ट्रले टिट्वान्टी खेल्न पाउनेछन्,’ आइसिसीको विज्ञप्तिमा उल्लेख छ। अब १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले टिट्वान्टी खेल्न पाउनेछन्।

कमेन्ट गर्नुहोस्
Share: