काठमाडौं, असार १४ / विश्वकप फुटबलको अन्तिम १६ का खेलहरु शनिबारबाट सुरु हुँदैछ । अन्तिम १६ को सुरको खेलमा आज राति पौने १० बजे आयोजक ब्राजिल र चिली भिड्दै छन् ।
ब्राजिल र चिलीको खेल सकिएपछि राती पौेने २ बजे उरुग्वे र कोलम्विया भिड्ने भएका छन् । ब्राजिल र चिली अहिलेसम्म ६८ पटक भिडिसकेका छन् । जस्मा ब्राजिल नै हाबी भएको थियो । चिली जम्मा ८ खेलमा मात्र विजयी भएको छ । यस अघिको श्विकपमा पनि ब्राजिलले चिलीलाई तीन सुन्यले हराएको थियो ।
चिलीसँग भिड्न ब्राजिलका खेलाडी डराए
विश्वकप फुटबलको अन्तिम १६ मा चिलीसँग भिड्न ब्राजिलका खेलाडी डराएका छन् । यस कुराको पुष्टि ब्राजिलका प्रशिक्षक लुईस फिलिप स्कोलारीले गरेका छन् । विश्वकपको प्रिक्वाटर फाइनलमा चिलीसँगको खेल्नका लागि खेलाडीहरु डराएका छन् उनले भने ।
अन्तिम १६ मा पराजय ब्यहोरे खेलबाटै बाहिरिनुपर्ने भएकाले खेलाडीहरु नर्भस भएका हुन् यो सामान्य प्रक्रिया हो उनले थपे । उनले अन्तिम १६ मा चिलीसँग भेट नहोस भनेर नै कामना गरेको बिबिसीले जनाएको छ ।
अन्तिम १६ मा पर्नका लागि ब्राजिलका नेयमारले ३ खेलमा ४ गोल गरेका थिए । चिलीले पनि अष्ट्रेलिया र स्पेनलाई हराउँदै सर्घषका साथ अन्तिम स्थान ओगटेको हो । यी दुइ टाेलीबीचकाे खेल अाजराती पाैने १० बजे हुँदैछ ।
