असार २१ / ब्राजिलका स्टार स्ट्राइकर नेयमारले विश्वकप फुटबलका बाँकी खेल गुमाउने भएका छन् । शनिबार विहान भएको कोलम्बिया विरुद्धको क्वाटरफाइनलको अन्त्यतिर उनको ढाड (मेरूदण्ड)को एउटा हड्डी भाँचिएको छ ।
कोलम्बिया विरुद्धको खेलका क्रममा निर्धारित समय सकिन करिव ३ मिनेट मात्र बाँकी रहेको समयमा कोलम्बियाका हुआन जुनिगाले नेयमारलार्इ घुँडाले ढाडमा हानेका थिए । उनलार्इ तत्काल अस्पताल भर्ना गरिएको थियो । ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले भनेका छन्-’नेयमार घाइते हुने सम्भावना पहिलेदेखि नै थियो किनकी तीन खेलमा उनीसँग यस्तै भएको थियो ।’
पोष्टर ब्वाय नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । उनले चार बटै खेल खेले र चार गोल गरेका छन् । तर, जर्मनीसँगको सेमिफाइनल भेटपछि नेयमार घाइते भएपछि छैटौं पटक विश्वकपको उपाधि जित्ने प्रयासमा धक्का लाग्न सक्नेछ । ब्राजिलका अन्य स्टाइकरहरू चलेका छैनन् भने दुई बटा पहेँलो कार्डका कारण कप्तान थिएगो शिल्भाले पनि जर्मनीविरुद्धको खेल गुमाउने छन् ।
नेयमारका लागि विश्वकप जित्न शिल्भाको आहृवान
ब्राजिलका कप्तान थिएगो शिल्भाले घाइते नेयमारका लागि विश्वकप फुटबलको उपाधि जित्न टोलीका सदस्यहरुलाई आग्रह गरेका छन् । शिल्भाले भनेका छन्-’नेयमार हाम्रो टिममा महत्वपूर्ण खेलाडी हुन् । हामी उनीमा धेरै भर परेका थियौं ।’
उनले अघि भनेका छन्-’यो परिस्थितिले हामीमा बिद्रोह भएको छ । जस्तो नेयमारका लागि उपाधि जित्छौं ।’ दुई वटा पहेँलो कार्डका कारण कप्तान शिल्भाले स्वयंमले जर्मनीविरुद्धको खेल गुमाउने छन् । शिल्भाले नेयमारलाई अस्पताल भर्ना हुने गरी फल गर्न कोलम्बियाका हुवान जुनिगाको धेरै ओलोचना गरेनन् । उनले भने-उनी खबरा मानिस होइनन् । तर, उक्त समय उनी सावधान थिएनन् । उनले अलग रुपमा फल गरे’
यस्तो रहेछ नेयमारको चोट (एक्स–रे तस्वीरसहित)
नेयमारको मेरुदण्डको भाँच्चिएको हड्डीको तस्वीर सार्वजनिक भएको छ । ब्राजिलका टेलिभिजनहरूमा २२ वर्षीय नेयमारको मेरुदण्डको एक्स-रे सार्वजनिक भएको हो, जसमा एउटा हड्डी भाँचिएको प्रष्ट देखिएको छ ।
नेयमार एम्बेलेन्समा चढेर ब्राजिलियन टोलीको ट्रेनिङ भइरहेको स्थानमा पुगेका छन् । जहाँ उनलाई ब्राजिलका कप्तान थिएगो शिल्भा र डेभिड जुईजसहितका खेलाडीहरुले भेटेका छन् । यो क्षणमा सबै निकै भावुक देखिएका छन् ।
मेस्सी र बालोटेलीले गरे नेयमारको स्वास्थ्य लाभको कामना
ब्राजिलका राष्ट्रपतिदेखि अर्जेन्टिनी स्टार लिओनल मेस्सीले पनि नेयमारको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति डिल्मा रोसेफले ट्वीट गर्दै सबैको समर्थन नेयमारलाई रहेको बताएकी छन् । बार्सिलोना टिममेट समेत रहेका मेेस्सीले क्लबमा एकसाथ हुँदाको तस्वीर शेयर गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । नेयमारलाई स्वास्थ्य लाभको कामना गर्नेमा ब्राजिलका टोलीका सदस्यहरु, जर्मनीका ओजिल र पोडोलोस्की र इटलीमा मारियो बालोटेली रहेका छन् ।
