२३ असार | सामसुङ मोबाईलको पछिल्लो उत्पादन ‘सामसुङ ग्यालेक्सी एस फाईभ’ किन्दा ग्राहकलाई १० हजार रुपैँया फाईदा हुने भएको छ । सामसुङ मोबाईलको नेपालस्थित अधिकृत विक्रेता ईन्टरनेशनल मार्केटिङ सर्भिसेजले ‘पावर टु पर्चेज’ योजना अन्तरगत हरेक एस फाईभ मोबाईल किन्दा ग्राहकलाई १० हजार रुपैँया बराबरको कुपन उपलब्ध गराउने भएको हो ।
आईएमएसले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो योजना सार्वजनिक गरेको हो । सार्वजनिक योजना अनुरुप ‘प्राप्त कुपनको प्रयोग गरी ग्राहकले सामसुङका अन्य कुनै मोबाइल, ट्याब तथा एसेसरिजमा दश हजार रुपैँया छुट पाउनेछन् ।’
असार २० गतेदेखि साउन १८ गतेसम्म चल्ने यो योजना आइएमएसद्वारा वितरण गरिएका सामसुङ ग्यालेक्सी एस फाईभ मोबाईलमा मात्र लागु हुनेछ । सामसुङ मोबाईल पछिल्लो समय नेपालमा सर्वाधिक विक्रि हुने मोबाईल हो ।
