नेदरल्याण्डका प्रशिक्षक लुइज भान गालले विश्वकपमा तेस्रो स्थानका लागि हुने खेल अनुचित भएको बताएका छन् ।
सेमिफाइनलमा अर्जेन्टिनासँग परजित भएको नेदरल्याण्डले तेस्रो स्थानका लागि घरेलु टोली ब्राजिलसँग खेल्नेछ । भान गालले भनेका छन्-यो खेल खेल्नु पर्दैन । यो कुरा मैले १० बर्ष अघि देखि भन्दै आएको छु कि यो अनुचित छ ।’
विश्वकपमा च्याम्पियन उपाधिको मात्र गणना हुने उनले बताए । सन् १९४३ बाट तेस्रो स्थानका लागि प्ले अफ खेलाउन सुरु गरिएको थियो, तर त्यसबेलाबाटै यसको आलोचना हुँदै आएको छ ।
भान गालले भनेका छन्-’सबैभन्दा खराव कुरा के भने एउटै स्थानमा दुई पटक हार्ने खतरा हुन्छ र प्रतियोगितामा जस्तो राम्रो खेलपछि हरुवाको रुपमा घर फर्किनुपर्छ ।’
दुई खेलाडीले पेनाल्टी हान्न नमानेको खुलासा
विश्वकप सेमिफाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान हालले आफ्ना दुई खेलाडीले पेनाल्टी हान्न नमानेको खुलासा गरेका छन्। पेनाल्टी प्रहारका लागि सुरुमा दुई खेलाडीलाई गरेको प्रस्ताव अस्वीकार भएको उनले बताए। ‘त्यसपछि मैले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका डिफेन्डर रोन भ्लारलाई त्यो मौका दिएँ’, उनले भने। भ्लारको पेनाल्टी प्रहार अर्जेन्टिनी गोलकिपर सर्गियो रोमेरोले रोकेका थिए।
कुन कुन खेलाडीले पेनाल्टी प्रहार गर्न आनाकानी गरेको भन्ने उनले खुलाएनन्। कोस्टारिकाविरुद्ध सबै पेनाल्टी प्रहार गोलमा परिणत गरेको डच टोलीका दुई प्रहार रोमेरोले रोक्दा विश्वकप फाइनल पुग्नबाट नेदरल्यान्डस रोकिएको थियो। हलले अतिरिक्त समयसम्म मैदानमा रहेका उत्कृष्ट खेलाडीलाई पनि पेनाल्टी प्रहार गर्न गाह्रो भएको बताए।
