सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनः चौथो चरणको अडिसन शुक्रबारदेखि

Share:

बिग न्युज, पोखरा २६ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४ को चौथो चरणको अडिसन शुक्रवारदेखि न्युरोडस्थित स्काई टच रेस्टुरेण्ट एण्ड लाउन्ज वारमा विहान साँढे आठ वजेदेखि शुरु हुदैछ । बुधवार सम्पन्न तेस्रो चरणकोे अडिसनबाट कुल ८४ जना सहभागिमध्येबाट ४७ जनाले चौथो चरणका लागि प्रवेश पाएका छन् ।

यसअघि पहिलो चरणबाट दोस्रो चरणका लागि १ सय ४६ प्रतिस्पर्धीहरु छानिएका थिए भने पहिलो चरणमा ५० जिल्लाका ८ सय ९० जना प्रतिस्पर्धीहरु सहभागीता जनाएका थिए ।

‘असारे झरीको विचमा पनि साँगितीक मन भएका प्रतिभाहरुको बाक्लो उपस्थितीले कार्यक्रमको रौनकता निकै बढाएको छ ।’ कार्यक्रम संयोजक संजोक बस्यालले भने–‘रियालिटी शो ले पाएको देशव्यापी उचाई र प्रतियोगितामा भएको सहभागिताकै कारण हामी निकै उत्साहित छौ ।’

विग आईकनको यो सँस्करणमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा निर्णायकको रुपमा रहेका छन् । ‘गायन प्रतिभाहरु निकै खारिएको पाएका छौँ ।’ निर्णायकहरुले भनेका छन्–‘विग आईकनमार्फत यो वर्ष नेपाली साँगीतिक क्षेत्रले एउटा प्रतिभावान गायक÷गायिका पाउनेछ ।’ विग आईकनको पछिल्लो सँस्करण गायन प्रतिभाहरुका लागि विस्तारित मञ्चको रुपमा विकसित भएको पनि उनीहरुले बताए ।

नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो करिब दुई महिनासम्म चल्नेछ । बिजेता बन्नको लागि प्रतियोगिले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: