म्यानमारमा ५ पत्रकारलाई जेल सजाँय

Share:

असार २६ – म्यानमारमा ५ जना पत्रकारलाई १० वर्षको जेल सजाँय सुनाइएको छ ।

हतियार कारखानाका बारेमा समाचार लेखेर राष्ट्रिय सुरक्षामा आँच पुर्‍याएको अभियोगमा एक स्थानीय साप्ताहिक पत्रिकाका कार्यकारी प्रमुखसहित ४ जना पत्रकारलाई जेल सजाँय सुनाइएको हो ।

बर्माको राष्ट्रिय गोपनीयता सम्बन्धी कानुन उल्लंघन गरी निषेधित क्षेत्रका बारेमा समाचार लेखेको भन्दै अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । पत्रिकाको गत जनवरीको एक अंकमा सेनाले मग्वी क्षेत्रमा हतियार कारखाना बनाउनका लागि खेतीयोग्य जमिन कब्जामा लिएको समाचार प्रकाशित भएको थियो ।

हतियार कारखानामा रासायनिक हतियार निर्माण हुने कुरा समेत समाचारमा उल्लेख थियो । यो कुरालाई सुरक्षा अधिकारीहरुले खण्डन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: