पोखरामा झण्डै २० बर्षपछि नयाँ दमकल सञ्चालन

Share:

गोकुल बानियाँ पोखरा, ३२ असार । पोखरामा आजबाट नयाँ दमकल सञ्चालनमा आएको छ । रोटरी क्लब मार्फत बेलायतको सहयोगमा झण्डै २० बर्षको अन्तरालमा भित्रिएको नयाँ दमकल बुधवार पोखरा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

२०५२ सालमा ल्याईएको दमकलले प्रभाबकारी सेवा दिन नसकेको गुनासो आईरहेको बेला सामाजिक संस्थामार्फत चार सय लिटर क्षमताको नयाँ दमकल भित्र्याईएको हो । आगलागीको घटनामा पुरानो दमकल समयमा पुग्न नसकेको तथा शहरका भित्रि भागको साथै ग्रामिण क्षेत्रमा पहुच नभएको भन्दै अत्याधुनिक दमकल ल्याईएको रोटरी क्लब पोखराका अध्यक्ष मोहन सिंह खड्काले बताए ।

विश्वप्रसिद्ध फोर्ड कम्पनीद्वारा निर्मित नयाँ दमकल सानो भएकाले नगरका भित्री भागमा पनि पहुच हुनेछ । सम्पूर्ण आपतकालिन सामाग्री सहित अग्नी नियन्त्रक कर्मचारीलाई आवश्यक डे«स, उपकरण भएकोले नेपालमा आएको दमकलहरुमध्ये उत्कृष्ट रहेको पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए ।

चार सय लिटर पानी क्षमता र सोही मात्राको आगो निवारण ग्याँस जडित भएको हुँदा तत्कालको क्षति न्यूनिकरणमा यो दमकलले ठूलो मद्दत पुग्ने रोटरी क्लब पोखराका असिष्टेण्ट गभर्नर दिनेश शंकर पालिखेले बताए ।  नगरपालिकालाई अबको २ महिनाभित्र चीनको कुन्मीङ नगर पालिकाले ६ हजार लिटर क्षमताको थप २ वटा दमकल सहयोग स्वरुप आउने र सो दमकलको माध्यमले समग्र कास्की र वरपरका जिल्लाहरुमा समेत सेवा पु¥याउन पोखरा सक्षम हुने अधिकारीले बताए ।

कार्यकारी अधिकृत अधिकारीका अनुसार पोखरामा बितेको एक बर्षमा एक सय ६१ आगलागीका घटना भएका छन् । पोखरा उद्योग बाणिज्यसंघले यसअघिनै दमकल खरिदको लागि बर्षेनी आयोजना हुदै आएको औद्योगिक ब्यापार मेलाबाट जम्मा गरेको रकम १५ लाख नाघेको अध्यक्ष सञ्जिब बहादुर कोईरालाले बताए ।
Damkal (5)

दमकल हस्तान्तरण कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक अर्जुन कुमार कार्कीले मर्मत संभारको अभाबमा ग्यारेजमा थन्किने अबस्थाको अन्त्य गरी निरन्तर सञ्चालनको बाताबरण बनाउन आग्रह गरे । कास्कीको जुनसुकै क्षेत्रमा पनि समानान्तर सरकार हुदा समस्या परेको उनले बताए । ब्यक्ति धनी हुने र सरकारी निकाय गरिब हुदै जादा पूर्बाधारको अभाब भएको कार्कीले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले नया दमकल भित्रिएसंगै पोखरामा हुने आगलागीका घटना नियन्त्रणमा सहयोग पुग्ने र क्षति न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरेका छन् । बेलायती दातृ निकायका जर्ज मर्गेनले पोखरामा दमकलको अभाब देखिएकाले सहयोग गरेको बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: