काठमाडौं, १० साउन / शुक्रबार काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज शनिबार बिहानैबाट विभिन्न भेटमा ब्यस्त बनेकी छन् । उनले राष्ट्रपति डा. रामवरण यादवसग शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन् । त्यस्तै, प्रधानमन्त्री सुशील कोइरालासंग, सभामुख सुवास नेम्वाङसँग पनि उनले शिष्टाचार भेट गरेकी छिन् ।
भारतको विरोधले नेपालको हित हुन्न : स्वराज
राष्ट्रपतिसँगको भेटमा आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको जनाइएको छ ।भेटमा दुई देशको सम्वन्ध सुधारमा जोड दिइएको राष्ट्रपति कार्यालयका सचिव सारदाप्रसाद त्रितालले बताए । उनका अनुसार भेटमा राष्ट्रपतिले नेपालको विकासमा भारतीय सहयोगको अपेक्षा गरिएको बताएका छन् ।
भेटमा स्वराजले भारतले नेपालको जलविद्युतमा एकाधिकार कायम गर्ने खोजेको प्रचार गलत भएको भन्दै नेपालले जसरी चाहन्छ, त्यसरी नै जलविद्युतको विकास हुने बताएकी छन् ।
नेपालमा समावेशी संविधान बनोसः भारत
भारतले नेपालका सबै दलको प्रयासबाट समावेशी संविधान बन्ने आशा राखेको बताएको छ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री सुशील कोइरालासंगको भेटमा सबै दल मिलेर समावेशी संविधान बनाउने आशा राखेको बताएकी हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह भएको भेटमा मन्त्री स्वराजले संविधान लेखन प्रक्रिर्याको बिषयमा चासो जनाएकी थिइन् । “नेपालका सबै दलको सहकार्यमा भारत ‘समावेशी’ संविधान बनेको हेर्न चाहन्छ”, प्रधानमन्त्री कोइरालासँगको भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सायद अकबरुद्दिनले स्वीटरमा लखेका छन् ।
मन्त्री स्वराजले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामना गरेकी थिइन । भेटमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न लागेकोमा खुसी व्यक्त गरेका थिए । ‘हामी प्रधानमन्त्री मोदीलाई काठमाडौमा स्वागत गर्न आतुर छौ’ कोइरालाले भनेका थिए ।
सभामुख सुवास नेम्वाङसँग पनि उनले शिष्टाचार भेट गरेकी छिन् ।
यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि विदेशमन्त्री स्वराजले भेट गरेकी छन् । सो भेटमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका बारेमा तथा भारतीय सहयोगका क्षेत्रका विषयमा कुराकानी भएको छ ।
मधेशवादी दलका नेताहरुसँग सामुहिक भेट
स्वराजले मधेसका नेताहरुबाट राजनीतिक भेटवार्ता सुरु गरेकी हुन् । स्वराजले मधेस केन्द्रीत दलहरुको अध्यक्षका साथै नेपाली कांग्रेस, एमाले र एमाओवादीका मधेसी नेताहरुलाई संयुक्त रुपमा भेटेकी हुन् ।
मधेसीवादी दलका नेताहरुले मधेसलाई विकास दिन भारतसँग माग गरेका छन् । बिहान भएको सामुहिक भेटमा उनीहरुले भारतको हितका लागि पनि मधेसको विकास अपरिहार्य भएको बताएका छन् । काठमाडौंको हाटेलमा भएको सामुहिक भेटमा मधेसी नेताहरुले आफुहरु भारतको विरोध नभई सहकार्य गर्न चाहेको बताए । भेटमा सहभागि संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले नेपाल भारतहित सँगै मधेसको विकासमा पनि छलफल भएको बताए ।
सामूहिक भेटवार्तामा मधेसवादी दलसँगै कांग्रेस एमाल र एमाओवादीका नेता पनि सहभागि थिए । नेताहरुले हुलाकी सडक, चुरे क्षेत्र संरक्षण नदी नियन्त्रण, मधेसका जिल्लाका सडक लगायतका विषयमा सहयोग गनृ आग्रह गरेका थिए ।
भेटमा सहभागी राजकिशोर यादवका अनुसार भारत नेपालबीचको सम्बन्धबाट दिल्ली र भारतले पाउनुपर्ने सुविधा नेपाललले पनि पाउनुपर्नेमा नेताहरुले जोड दिएका थिए। मधेस केन्द्रित नेताहरुले हुलाकी सडक, चुरे क्षेत्र संरक्षण, नदी नियन्त्रण, विभिन्न बाँधले वर्षेनी गर्ने डुवान र क्षति न्यूनीकरण, जलस्रोत सम्झौता दुवै पक्षको समान हितलगायतका विषयलाई उठाएका थिए।
भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री स्वराजले केही मानिस र राजनीतिककर्मीले भारतविरुद्ध गरेको प्रचारले दुई देशको हित नहुने तर्क गरिन । उनले नेपाल भारतको सम्बन्ध बिग ब्रदर नभई समान ब्रदरका रुपमा रहेको बताइन ।
स्वराजले बामदेवसँग भेट्न मानिनन् ?
नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमसँग भेटन ‘अस्वीकार’ गरेकी छन् । स्वराजसँगको भेटका लागि लौनचौरस्थित मल्ल होटलमा पुगर १ घण्टा कुरेका गौतमले भेट नपाएको स्रोतले बतायो । आज दिउँसो ३ बजे भट्ने कार्यक्रम तयभएअनुसार गौतम साढे २ बजेनै मल्ल होटल पुगेका थिए । तर, ४ बजेसम्म पनि स्वराज नआएपछि गौतम फर्कीएका थिए ।
नेकपा एमालेको कार्यबहाक अध्यक्षको हैसियतमा गौतमले स्वराजसँग भेटने कार्यक्रम थियो । यस विषयमा गृहमन्त्री गौतम भने बोल्न मानेनन् । उनको निजी सचिवालयपनि यो विषयमा कुरा गर्न तयार भएन । नेकपा एमालेका अध्यक्ष केपी ओली उपचारका लागि सिंगापुर गएपछि गौतम कार्यबहाक अध्यक्ष छन् । नेकपा मालेको महासचिव छदा गौतमले महाकाली सन्धीको चर्को बिरोध गरेका थिए । स्रोतका अनुसार भारतीय दुतासावले आज समयाभाव भएको र आर्को दिन भेटने बताएको छ ।



