पोखरा, १० साउन / नेपाल हृदय रोग प्रतिष्ठानको रजत महोत्सवको अवसरमा नेपाल हृदय रोग प्रतिष्ठान कास्कीद्धारा आयोजित निशुल्क मुटु परिक्षण कार्यक्रममा १ सय ८७ जनाले मुटु परिक्षण गराएका छन । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन र नेपाल हृदय रोग प्रतिष्ठान कास्कीद्धारा अटो मेकानिकल वक्र्स एशोसिएसनमा आवद्ध मजदुरहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा १ सय ८७ जनाले मुटुको निशुल्क परिक्षण गरिएको नेपाल हृदय रोग प्रतिष्ठान कास्की शाखाका अध्यक्ष डाक्टर माधव वावु तिवारीले जानकारी दिए ।
शिविरमा सहभागी १ सय ८७ मध्ये ४३ जनाको ईसिजी गरिएकोमा १९ जनाको मुटुमा समस्या देखिएको पाइएको छ । मुटुको समस्या देखिएको १९ जनाका लाग आगामी दिनमा अन्य उपचारका लागी सहयोग गरिने समेत सचिव नरेन्द्र बास्तोलाले जानकारी दिए ।
शिविरमा नेपाल हृदय रोग प्रतिष्ठान कास्की शाखाका अध्यक्ष डाक्टर माधव वावु तिवारी वरिष्ठ मुटुरोग विषेशज्ञ, डाक्टर बिजय कुमार शाह, डाक्टर अनिल ढकाल, डाक्टर समित ढकाल,डाक्टर सुनिता न्यौपाने रिता भट्राईले परिक्षण गरेका थिए । कार्यक्रममा रजत वर्षको कार्यक्रम संयोजक सूर्य प्रसाद ढकालले कार्यक्रम माथी प्रकाश पारेका थिए । रजत महोत्सवको अवसरमा हरेक महिना एक कार्यक्रम गरिने संस्थाले जनाएको छ ।
