
बिग न्युज पोखरा, ११ साउन । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीले टप नाईनमा स्थान बनाउन आज आफ्नो प्रस्तुति दिए । उनीहरुको प्रस्तुतिका आधारमा टप नाईन छनौट हुनेछ । अब श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अधिकार रहने एफएममा कार्यक्रम संयोजक सञ्जोक बस्यालले जानकारी दिए ।
टप नाईनको घोषणा मंगलबार हुनेछ । प्रतियोगिको गायन प्रस्तुति मूल्यांकन गरी आफूलाई मन परेका प्रतियोगिलाई मंगलबार दिउँसो ३ बजेसम्म भोट गर्न सकिनेछ । टप टेनमा परेका जेनिता राईका लागि बिग स्पेश जेडआर, अनिल बिकका बिग स्पेश एबी, ल्हामो डोल्करलाई भोट गर्न बिग स्पेश एलडी, राम लिम्बुका लागि बिग स्पेश आरएल, सन्दिप ढुंगानाका लागि बिग स्पेश एसडी, सरिता अधिकारीलाई जिताउन बिग स्पेश एसए, राजिव परियारका लागि बिग स्पेश आरपी, सम्राट गायकलाई भोट गर्न बिग स्पेश एसजी, दीपेश भट्टचनका लागि बिग स्पेश डिबी र कुन्साङ गुरुङलाई भोट गर्न बिग स्पेश के जी टाईप गरेर ४३२१ मा पठाउन सकिनेछ ।
टप फोरसम्मको छनौट यहि प्रक्रियाबाट हुनेछ । प्रतियोगिीको प्रस्तुति पछि निर्णायक र भोटिङका आधारमा अर्को चरणको प्रस्तुतिको दिन एक जना बाहिरिनेछन् । विभिन्न ५० जिल्लाका ८ सय ९० जनामध्ये टप टेन छनौट भएका हुन् । अबको प्रतिष्पर्धा झनै कठिन र एसएमएस भोटिङका लागि श्रोता दर्शकको पनि मन जित्नुपर्ने भएकाले प्रतिष्पर्धीहरु अभ्यासमा ब्यस्त छन् ।
संगीत राउण्डको शुरुवातसंगै बिग आईकनको आयोजक संस्था बिग एफएमले प्रतिस्पर्धीहरुलाई अडिसनको अघिल्लो दिन नै अभ्यास गर्ने व्यवस्था समेत मिलाएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बिग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।
बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले बिग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा द व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । साउण्ड पार्टनरको रुपमा एस.के साउण्ड सिष्टम रहेको छ । बिग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
