सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा उत्कृष्ट सात, मंगलबार उत्कृष्ट ६ छनौट हुने

Share:

रेम बिक पोखरा, १८ साउन । उत्कृष्ट ८ सम्म आईपुगेका प्रतिस्पर्धी अनिल बिक एलिमिनेट भएपछि सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा अब उत्कृत्ट सात प्रतिस्पर्धीहरु बचेका छन् । निर्णायकहरुको निर्णय र एसएमएस भोटिङको आधारमा बिक प्रतियोगिताबाट बाहिरिएका हुन् ।

बिक बाहिरिएसंगै उत्कृष्ट सातमा जेनिता राई, ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, दीपेश भट्टचन र कुन्साङ गुरुङ प्रतिस्पर्धी बनेका छन् । उनीहरुबिच आईतबार नै उत्कृष्ट ६ को लागि अडिसन भएको छ । अर्को चरणको अडिसनको पहिलो चरणमै हुने एलिमिनेसन राउण्डमा एक जना प्रतिस्पर्धी बाहिरिएर उत्कृष्ट ६ छनौट हुनेछ । अघिल्लो चरणको अडिसन मंगलबार दिउँसो ३ बजेपछि न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुने एफएमले जनाएको छ ।

विग एफ एमको  आयोजनामा भएको पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड ईभेन्टमा अहिलेसम्म १३ वटा चरण पुरा भैसकेको छ । १९ चरणसम्म सबैलाई पछाडि पार्ने एक जनाले मात्रै विग आईकनको उपाधी चुम्नेछन् । गायन क्षेत्रमा भविष्य खोज्दै ५० जिल्लाका आठ सय ९० जना बिग आईकन बन्ने प्रतिष्पर्धामा होमिएका थिए । साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । आईतबारको अडिसनमा गायक तथा संगीतकार विनोद बाँनीया ‘पाहुना निर्णायक’को रुपमा प्रतियोगितामा सहभागी भएका थिए । उनले सम्पूर्ण प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिँदै गायन प्रतिभाहरुलाई एउटा उत्कृष्ट मञ्च प्रदान गरेको प्रति आभार प्रकट गरे ।

उत्कृष्ट १० सम्मको अडिसनमा शत प्रतिशत निर्णायकहरुको भरमा रहेको शोमा प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुको एसएमएस भोटिङ पनि उत्तिकै जरुरी रहेको एफएमले जनाएको छ । उत्कृष्ट ७  प्रतिस्पर्धीहरुमध्ये जेनिता राईलाई भोट गर्नका लागि द्यक्ष्न् कउबअभ श्च्, ल्हामो डोल्करका लागि द्यक्ष्न् कउबअभ ीम्, राम लिम्बुलाई भोट गर्न द्यक्ष्न् कउबअभ च्ी, सन्दिप ढुंगानालाई भोट गर्न द्यक्ष्न् कउबअभ क्म्, सरिता अधिकारीका लागि द्यक्ष्न् कउबअभ क्ब्, दीपेश भट्टचनका लागि द्यक्ष्न् कउबअभ म्द्य, र कुन्साङ गुरुङलाई भोट गर्नका लागि द्यक्ष्न् कउबअभ प्न् टाईप गरेर ४३२१ मा पठाउन सकिनेछ ।

उत्कृष्ट १० पश्चात प्रतिस्पर्धीलाई अगाडि बढाउनमा ६० प्रतिशत अधिकार निर्णायकको रहनेछ भने ४० प्रतिशत स्रोताको एसएमएस भोटको हुनेछ । बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् ।  यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ सात गते पोखरा सभागृह हलमा भव्य व्यवस्थापनसहित हुने एफएमले जनाएको छ । सोहि दिन पाँचौ सँस्करणको विग आईकन विजेता घोषणा समेत हुनेछ । ग्राण्ड फिनालेमा हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिको रुपमा रहनेछन् । ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीहरुको प्रस्तुती समेत रहनेछ ।

प्रतियोगितालाई चार वर्ष अघिदेखि लगातार मुख्य प्रायोजन गर्दै आएको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले यसपटक पनि साथ दिएको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन,  प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा  सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनर सिटी डेभलपमेन्ट बैंक,  रेस्टुरेन्ट पार्टनर स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार, होटल पार्टनर होटल बाराहि, ईन्टरनेट पार्टनर पोखरा ईन्टरनेट (पि–आईनेट), टिकट तथा टुर पार्टनरमा एम वे टुर्स एण्ड ट्राभल्स प्रालि, बजार पार्टनर नाईन्टी नाईन बिग बजार, साउण्ड पार्टनरमा एस.के साउण्ड सिष्टम तथा मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: