
रेम बिक पोखरा, २० साउन । टोल टोलमा साँगीतिक ब्याण्ड । हप्तै पिच्छे साँगीतिक कन्सर्ट । घर घरमा गायक तथा सँगीतकार । देशव्यापी हिट हुने अधिकांश गीतहरुको उत्पादन पनि यहिँबाट हुन्थे । यो भयो त्यो बेलाको कुरा । जुन बेला रिलवाला क्यासेटमा गीतहरु रेकर्ड हुन्थे । पोखराका ब्याण्ड र गायकगायिकाहरुले त्यो बेलामा खुब एल्बम निकाल्थे । पुरै सँगीतमय थियो पोखरा ।
प्रविधिको विकास संगै रिलवाला क्यासेट संग्राहलयको बाटोतर्फ लाग्यो । गीतहरु सिडि, डिभिडि र पेनड्राईभमा छिर्न थाले । त्यसैमाथि मोबाईलको प्रयोग बढ्न थालेपछि गीतहरु एक बाट अर्कोमा सहजै शेयर हुन थाले । त्यसपछि कसले किनोस् एल्बम ? एल्बम बिक्न छाडेपछि कमाउन पनि छाडे गायकगायिका तथा संगीतकारहरुले । लगानी सुरक्षित नहुने देखेपछि संगीततर्फ दिलोज्यान लगाएर लागेका संगीतकर्मीहरुले पनि उपाय सोँच्न थाले । जसको दिमागमा जस्तो उपाय आयो उस्तै गर्न थाले । तर संगीत क्षेत्रबाट पलायन नै भए । धेरै नै चर्चामा रहेका गायकगायिकाहरु देश विदेशका कार्यक्रमहरुमा लाईभ शो मार्फत आफ्नो गुजारा चलाउन थाले । भर्खरै पाईला चाल्न खोजेका गायकगायिकाहरुलाई भने निकै गाह«ो हुँदै गयो । र, पोखरासंगै पुरै नेपालको संगीत क्षेत्र थला प¥यो ।
स्थापित गायक गायिकाहरु पलायन भैरहँदा नयाँ प्रतिभाहरुको दिमागमा कस्तो असर गर्ला ? यो बारेमा खासै कसैले सोँचेको पाईएन । सरोकारवालाहरु पनि कानमा तेल हालेर बसे । कलाकारहरुलाई ‘गहना’को दर्जा दिएको सरकारले पनि यो बारेमा खासै चासो देखाएन । (सरकारी चासो त अहिलेसम्म पनि देखिएको छैन ।) प्रतिभाहरुले आफ्नो प्रतिभा दबाएरै बस्नुपर्ने स्थिती आयो । संगीतमा धेरै गर्ने ईच्छा, आकांक्षा र लगाव हुँदा पनि उपयुक्त मञ्च नपाउँदा यो अवस्था आयो । त्यसपछि नीजि क्षेत्रले प्रतिभाहरुका लागि केहि सोँच्यो । विशेषगरि नीजि क्षेत्रका मिडियाहरुको यो कुरामा बढि हात रह्यो ।
देशव्यापी हिट हुँदै गईरहेको गायन रियालिटि शो ‘विग आईकन’ पनि यसैको उपज हो । विग एफएमको स्थापना यस्तो बेलामा भयो जुन बेला नेपालको साँगीतिक क्षेत्र तहस नहस नै थियो । पोखराका धेरै गायकगायिकाहरु पलायन भएका थिए । सँगीतको शहर भनेर चिनिने पोखरामा सँगीत सम्बन्धि कुनै कार्यक्रमहरु हुन छाडेका थिए । ‘एफएम र गीतसंगीत एकअर्काका पर्याय जस्तै हुन् ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्याल भन्छन्–‘यस्तो बेलामा हामी आफै पोखराको साँगीतिक माहौललाई पुनः जमाउनुपर्छ भनेर रियालिटि शोको अवधारणा अगाडि सारेका हौँ ।’ पाँचौ सँस्करणसम्म आईपुग्दा त्यो अवधारणाले सार्थकता पाएको उनी बताउँछन् ।
पोखराको परिचय यहाँको भूगोल, आकाश र पानी मात्रै होइन । अलिमियाँको कण्ठले गण्डक क्षेत्र जुरुक्कै उचालिएको ईतिहास छ । धर्मराज थापाको आवाजले सिक्किम र दार्जलिङसमेत बिउँझाइदिएको थियो । झलकमान गन्धर्बको सारंगीले सारा नेपालीको हृदय खिचेको थियो । र, हरिदेवी कोइरालाको कण्ठले सबैलाई मन्त्रमुग्ध पारेको थियो । त्यसपछि यहिँबाट स्थापना भएका ब्याण्डहरुले पनि पुरै देशलाई सँगीतको माध्यमबाट जुरुक्क उचालेको थियो । यस्तै ईतिहास दोहो¥याउन विग एफएमले साँगीतिक रियालिटि शोलाई माध्यम बनायो । पोखराबाट हुने यस्तो खालको ग्राण्ड शो ले अहिले पुरै देशको ध्यान यतैतिर खिचेको छ । र, पोखरा साँगीतिक बन्दै गएको छ ।
यस्तो रह्यो पाँच वर्षसम्मको विग आईकनको श्रृंखला:
पहिलो सँस्करणको विग आईकन २०१० मा भएको थियो । त्यो बेलामा देशभरबाट ४ सय ६५ जनाले सहभागिता जनाएका थिए । २०११ मा भएको विग आईकनको दोस्रो सँस्करणमा ६ सय ३० जनाले सहभागिता जनाए । यस्तै तेस्रो सँस्करणको विग आईकनमा ४६ जिल्लाका ६ सय ७० जनाले सहभागिता जनाए । चौथो सँस्करणमा सहभागिताको संख्या अझै बढ्यो । त्यो बेला ४८ जिल्लाका ७ सय ७० जनाले सहभागिता जनाए । पाँचौ सँस्करण, जुन अहिले संचालन भैरहेको छ, यो पटक ५० जिल्लाका ८ सय ९० जना प्रतियोगीहरुले विग आईकनमा सहभागिता जनाए । अहिले उत्कृष्ट सात उपाधीका लागि भिडिरहेका छन् ।
प्रतियोगिताको पहिलो सँस्करणमा म्याग्दीका गगन पुनले विग आईकनको उपाधी जिते । दोस्रो सँस्करणमा पोखराकै सुमन गौतम प्रथम भए । तेस्रो सँस्करणमा सर्लाहिका नविन काफ्लेले विग आईकनको उपाधी आफ्नो पोल्टामा पारे भने चौथो सँस्करणमा पोखरा विरौटाकी मुस्कान रानाभाटले उपाधी चुमिन् ।
पहिलो विग आइकन विजेता गगन पुनको पहिलो एल्बम ‘गगन’ लोकप्रिय रह्यो । भर्खरै हङकङबासी नेपालीको निम्तोमा १ महिने हङकङ साँगितिक यात्रा पुरा गरी नेपाल फर्केका गगनको आवाज र संगीतमा रहेको ‘यो पहिलो पहिलो भेट चिनजान गरौँ कि’ बोलको गीत र हङकङमै सुटिङ र रिलिज गरिएको म्युजिक भिडियो यतिखेर देश विदेशमा नेपालीहरुमाझ चर्चित छ ।
दोश्रो बिग आईकन विजेता सुमन गौतमको आवाजमा रहेका ‘हेर्दै मलाई’, ‘मर्न त मर्छु म’ लगायतका गीतहरु यतिखेर रक्÷पप प्रेमी स्रोतामाझ चर्चित छन् । उनी बिग आइकन बनेको पहिलो महिनामा नै महानायक राजेश हमाल अभिनित चलचित्र ‘रक्षा’ को शीर्ष गीत गाउनको लागि अनुबन्धित भएका थिए । उनी अहिले पोखरा र आसपासमा हुने मेला महोत्सव र सांगितीक कार्यक्रमहरुमा आफ्नो रक गायनमार्फत स्टेज तताउनमा माहिर मानिन्छन् । र, पोखराको एक प्रतिष्ठित बारमा राम्रो सेवा र सुविधा लिई व्यवसायिक गायनलाई अगाडि बढाइरहेका छन् ।
तेस्रो विग आईकन नविन काफ्लेले पनि साँगीतिक करिअरलाई अगाडि बढाईराखेका छन् । उनी यतिबेला एल्बमको तयारीमा जुटेका छन् । सुगम संगीत पारखी नविनले आफ्नो प्रतिभालाई अझै बढि निखार्नका लागि संगीतको प्रशिक्षण समेत लिईराखेका छन् ।
गत वर्षको सामसङ ग्यालेक्सी ग्राण्ड बिग आइकन विजेता मुस्कान रानाभाट अहिले दोश्रो एल्बमको तयारीमा छिन् । बिग आइकन भएबापत् दि ब्रिटिस कलेज काठमाडौँले उनलाई प्रदान गरेको पुरस्कार एवम् अफरमा उनी सांगितीक यात्राको लागि बेलायत जाँदैछिन् । बेलायतको साँगीतिक भ्रमणको तयारी अहिले अन्तिम चरणमा रहेको उनले सुनाईन् ।
तेश्रो संस्करण सामसङ ग्यालेक्सी वाई बिग आइकन २०१२ प्रतियोगीताका सेकेण्ड रनर अप आशिषदास दियाली यतिखेर चर्चित ब्याण्ड ‘प्रयास’ को भोकलिस्टको रुपमा क्रियाशील छन् र उनी राम्रो समाथ्र्य बोकेका कम्पोजर पनि हुन् । उनले कम्पोज गरेका गीतहरुको कलेक्सन एल्बम युवाहरुमाझ चर्चित छन् ।
पहिलो बिग आइकनमा टप ७ मा पुग्न सफल दुर्गा परियारले खोजी प्रतिभाको उपाधी हात पार्न् ि। दुर्गा परियार यतिखेरकी नेपालकै एक चर्चित गायिका हुन् । नेपाली फिल्म ‘मायाज बार’ को लागि चर्चित गायक राजेश पायल राईसँग उनले गाएको युगल गायन ‘सर सर माया वर वर’ र सोही चलचिमा उनैले गाएको ‘कुन दिनमा बाँधेछु यो घुँघरु’ बोलको गीत निकै चर्चामा रह्यो । यस्तै नेपाली फिल्म ‘महशुस’ को लागि गायक राज सिग्देलसँग दुर्गा परियारले गाएको युगल गीत ‘दिल चुप छ, मौन छ यो मौसम’ ले पनि निकै चर्चा पायो । नेपाली फिल्म उद्योगमा अहिले उनी चल्तीका पाश्र्व गायिकाको रुपमा आफुलाई उभ्याईसकेकी छन् ।
पहिलो विग आइकनका उपविजेता सिडी विजय अधिकारी खोजी प्रतिभाको समेत उपविजेता बने । उनको आवाजमा रहेका ‘बरबाद भएँ म’ र ‘आमा’ बोलका दुवै गीत चर्चामा छन् । पहिलो बिग आइकन प्रतिस्पर्धीहरु माया गुरुङ र नरजंग गुरुङ पोखराका सांँगीतिक स्टेज तताउने अहिलेको चर्चित व्यावसायिक गायक ÷ गायिका हुन् । अन्य दर्जनौँ प्रतियोगीहरुले फिल्म, संकलन एल्बम, समारोह, दोहोरी, बार, मेला र महोत्सवमा आफ्नो गायन कला प्रस्तुत गर्दै आफ्नो व्यवसायिक गायनलाई अगाडि बढाईरहेका छन् । यो पटकको विग आईकन अझै सशक्त भएर साँगीतिक क्षेत्रमा प्रस्तुत हुने विग एफएमको दाबी छ ।
विग आईकनको बारेमा यसो भन्छन् अध्यक्ष महेश भण्डारी ः
आजका दिनसम्म पनि आफ्नो कर्मका माध्यमले यो सांगितीक पहिचानलाई निरन्तरतामा युवाहरुले कायम राखेका छन् र युवाहरुसँगै बिग एफ एम ले । यसो त, पोखरेली समाजको संगीतप्रति छुट्टै अनुराग रहेको छ, संगीत भनेपछि हाम्रो हृदय विशाल हुने गर्छ । यसमा मूलतः युवापुस्ताको प्रत्यक्ष सहभागिता रहे पनि अप्रत्यक्ष रुपमा बालबालिकादेखि पाका उमेरकाले समेत सहभागिता जनाउने गरेका छन् । सहभागिताको हिसाबले युवामाझ यो कार्यक्रम लोकप्रिय देखिए पनि संगीत र गायनमा रुचि भएका सबै उमेर, पेशा र वर्गले यसमा चाख दिएको हामीले अनुभव गरेका छौं । यस प्रतिस्पर्धालाई गहिरो चाखका साथ रेडियो या अनलाईन सुनेर, आफूलाई मन परेकालाई मत दिएर, प्रतिस्पर्धाको ग्राण्ड फिनालेमा उपस्थित भएर विभिन्न तरिकाले उहाँहरुले जनाउनु हुने सहभागिता हामीले सुखद पाएका छौं ।
आजका युवापुस्तामाझ पोखरा र आसपासबाट संगीत क्षेत्रमा कदम चाल्ने चाहना भएका प्रतिभाको खोजी र उत्कृष्टको छनौट नै प्रतियोगिताको लक्ष्य हो । काठमाण्डौबाट उत्पादन हुने बाहेक कुनै पनि वस्तु, कला, प्रतिभा, सिर्जनालाई अन्य मानिने यो देशको परिवेशबाट पोखरा पनि पीडित छ । यहाँका प्रतिभा यहीँ रहेर ‘स्टारडम’ सिर्जना गर्नु कठीन र जटील कुरा हो । यसका बाबजूद अघिल्ला वर्षका बिग आइकनका प्रतिस्पर्धीहरुले देशव्यापी पहिचान बनाउनेदेखि गायनमा निरन्तर कदम बढाइरहेका छन् ।
सानो स्तरको लगानी र क्षेत्रीय प्रचारमा सीमित हाम्रोजस्तो संस्थाले गर्ने यस्ता प्रयास र पहलहरुले कसैलाई रातारात स्टार बनाउने र उसको सुखद भविष्यको ग्यारेन्टी कहिल्यै लिन सक्दैन । कार्यक्रमको सबैभन्दा प्रारम्भीक पहल भनेको गायन क्षमता भएका प्रतिभाको पहिचान गराइदिने र उनीहरुको बजारीकरण गरिदिनु नै हो । संगीत आँफैमा गम्भिर विधा र लामो साधनाको खाँचो रहने क्षेत्र भएकोले यसमा स्थापित हुनुका लागि गर्नुपर्ने मेहनत कुनै पनि प्रतिभाका लागि पूर्वशर्त नै हो । छानिएका प्रतिस्पर्धीले भविष्यमा गर्ने गायनसम्बन्धि क्रियाकलापमा भने हामी सदैव उर्जा थपिरहेका भने पक्कै हुनेछौं र थपिरहेका पनि छौँ ।
विग आईकनमा व्यवसायिक साथ यस्तो छ ः
मोफसलबाट कुनै पनि ईभेन्ट गर्दा सबैभन्दा गाह«ो कुरा हो मार्केटिङ । यहाँबाट गरिएको मार्केटिङले देशव्यापी हिट गर्न नसकेका धेरै उदाहरणहरु छन् । तर विग आईकन यो मामलामा अपवाद ठहरियो । उल्लेख्य मात्रामा व्यवसायिक साथ र सहयोग पाएको ईभेन्टकै कारण व्यवसायिक घरानाहरु पनि उत्तिकै खुशि छन् ।
पहिलोपटक भएको विग आईकनमा पोखराकै व्यवसायिक घरानाहरुको साथ रह्यो । तत्कालिन समयमा पोखराकै व्यवसायिक घरानाको सहयोगमा भर परेको ग्राण्ड ईभेन्टले दोस्रो सँस्करणको शुरुवातका लागि आफ्नो क्षेत्र विस्तार ग¥यो । तत्कालिन समयमा भर्खरै लञ्च भएको ‘भर्जिन मोबाईल’ले ईभेन्टको मुख्य प्रायोजन ग¥यो । तेस्रो सँस्करणमा ‘सामसुङ ग्यालेक्सी वाई ’ मोबाईलले मुख्य प्रायोजन ग¥यो । चौथो सँस्करणमा ‘सामसुङ ग्यालेक्सी ग्राण्ड’ले मुख्य प्रायोजन गरेको ईभेन्टको पाँचौ सँस्करणमा ‘सामसुङ ग्यालेक्सी ग्राण्ड निओ’ले मुख्य प्रायोजन गरेको छ । सामसुङ मोबाईलको नेपालस्थित अधिकृत विक्रेता ईन्टरनेशनल मार्केटिङ सर्भिसेज्ले ईभेन्टसंग मुख्य प्रायोजकको रुपमा सहकार्य गरेको यो तेस्रो पटक हो ।
‘ईभेन्टमार्फत हामीले व्यवसायिक घरानाहरुको बजारिकरणमापु¥याएको सहयोगकै कारण हामीले ठुलो स्तरमा व्यवासायिक साथ पाएका हौँ ।’ विग एफएमका मार्केटिङ को–अर्डिनेटर उदिपराज ढुंगानाले भने–‘जसले प्रतिभाहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि मञ्च दिने हाम्रो लक्ष्यले पुर्णता पाएको छ ।’ यस्तै व्यवसायिक घरानाहरुले पनि यो कुरालाई पुष्टी गरेका छन् । ‘ईभेन्टमार्फत हामीले हाम्रो उत्पादनको बजारिकरण गर्न निकै सजिलो भएकैले सहकार्यले निरन्तरता पाएको हो ।’ आईएमएसले भनेको छ । अन्य व्यवसायिक घरानाहरुले पनि यो कुरामा सहि थापेका छन् ।
यो पटक सामसुङ ग्यालेक्सी ग्राण्ड निओसंगै विश्वको टप फाइभ पेन्ट्स कम्पनीमध्येका एक कान्साई नेरोल्याक पेन्ट्स पनि उपप्रायोजकको रुपमा ईभेन्टसंग जोडिएको छ । सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।



