प्रकृतिले सिँगारेको पर्यटनमा ब्यवसायिकताको खाँचो : राष्ट्रपति

Share:

भदौ १, पोखरा । राष्ट्रपति डा. रामवरण यादवले पर्यटनमा ब्यवसायिकताको खाँचो भएको बताएका छन् । नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने तथा पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन विकासको लक्ष्यसहित आइतबार शुरु भएको लोमाङथाङ–लुम्बिनी, फेवाताल–राराताल (लोलुफेरा) पदमार्ग यात्राको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरा बताएका हुन् । यादवले प्रकृतिले पर्यटनलाई सिँगारेर झनै मोहक बनाएको भन्दै मोहित पार्ने पर्यटनमा ब्यवसायिकता खोज्न प्रर्यटन ब्यवसायीलाई आग्रह गरे ।

यादवले देशमा अब आर्थिक क्रान्तिको आवाश्यकता रहेको बताउँदै पर्यटनको प्रवद्र्धन आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनतर्फ लाग्न उनले सुझाव दिएका छन । उनले प्रर्यटन प्रर्वद्धन, प्रर्यटन रोजगारी, पर्यटकको बसाँई लम्ब्याउने तथा स्थानिय उत्पादनको बजार ब्यवस्थापन गर्न सकरात्मक पहल थाल्नुपर्ने बताए । नेपालमा रहेका आरक्षण क्षेत्रहरुको संरक्षण गरी प्रकृतिका उपहारहरुमा व्यवसायिक सिर्जना आवश्यकता भएको यादवले बताए ।

राष्ट्रपति यादवले नेपालका सबै राजनीतिक दलहरु एक भएर देशको विकासमा लाग्नुपर्ने सुझाव दिए । अर्को प्रसङ्गमा पछिल्लो समयमा देशमा विभिन्न ठाउँमा प्राकृतिक विपत्तिका घटना बढेको बताउँदै विपत्तिमा परेकाहरुलाई आवश्यक सहयोग गर्न सरकारलाई आग्रह गरे ।

यसैबिच समग्र विकास, स्थायी प्रगति र समृद्धिको लक्ष्यसहित फेवाताल किनारबाट डेढमहिने लोलुफेरा पदयात्रा सुरु भएको छ । फेवातालदेखि बागलुङको ढोरपाटन हँुदै रारातालसम्म र लुम्बिनीदेखि मुस्ताङको लोमान्थाङसम्म पदयात्रा हुनेछ । ढेड महिनामा पदयात्रा पुरा हुने बताइएको छ । लोलुफेरा विकास मञ्च नेपालको नेतृत्वमा हुने पदमार्गमा पर्यटन व्यवसायी, सरकारी, गैरसकारी तथा उद्योगी व्यवसायीले सघाएको अभियान्ता कृष्ण केसीले बताए ।

पदमार्गका अगुवा कृष्ण केसीले पर्यटन र यस क्षेत्रको विकास तथा पुर्वाधार निर्माणको लागि पदयात्राले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । नेपालको पर्यटन विकासका लागि सरकारले विशेष चासो दिन आवश्यक रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा लोलुफेरा पदयात्राका संयोजक सूर्यबहादुर भूजेलले बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई लगायतले बोलेका थिए ।

Photo: Mahesh Kumar Khati

कमेन्ट गर्नुहोस्
Share: