यू-१६ क्रिकेटमा नेपालको लगातार तेस्रो सहज जीत, ओमान १०२ रनले पराजित

Share:

१ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी यु-१६ क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार विहान भएको खेलमा नेपालले ओमानलाई १०२ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अलआउट हुँदै १६४ रन बनाउन सफल भएको थियो ।

नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको ओमान २९ ओभरमा अलआउट हुँदै ६२ रनमात्र बनाउन सकेपछि नेपालले फराकिलो जित निकालेको हो । नेपाली किशोरहरुले ओमानका कुनै पनि ब्याट्म्यानलाई जमेर खेल्न दिएनन् । ओमानविरुद्दको खेलमा नेपालका १३ वर्षीय किशोर अनिल खरेल नायक सावित भए । अनिल एक्लैले ८ अोभर बलिङ गर्दै १६ रन खर्चेर ओमानको ६ विकेट चट्कार्इ नेपाललको प्रभावशाली जितमा नायक बने । नेपालका लागि जितेन्द्र सिंहले ३ विकेट लिए ।

४९ रन जोड्दा सम्म कुनै विकेट नगुमाएको ओमानले १३ रन जोड्दा आफ्ना सबै विकेट गुमाउन बाध्य भएको थियो । ओमानविरुद्दको खेलमा ६ विकेट लिन सफल नेपाली किशोर अनिल खरेल म्यान अफ द म्याच घोषित भए ।

man-of-the-match-anil-

यसअघि पहिले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अलआउट हुँदै १६४ रन बनाएको थियो । नेपालका लागि सम्मानजनकस्कोर खडा गर्ने क्रममा नेपालका लागि जितेन्द्र जितेन्द्रसिंह ठकुरीले प्रभावशाली प्रदर्शन गरेका थिए । पहिलो र दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले ओमानविरूद्दको खेलामा पनि प्रभाव देखाए । जितेन्द्रले ५७ बल खेल्दै सर्वाधिक ३२ रन बनाउँददा नेपालले पुरै ४० ओभर खेलेर १ सय ६४ रन बनाउन सफल भएको थियो । नेपालकालागि रविन्द्रजंग शाहले २५ रन, शुशान्त सिंह थापाले १७ रन, उपकप्तानआशिफले १२ रन बनाए भने प्रनितले १६ रन बनाउँदै पेभेलियन फर्के ।

त्यसैगरी कप्तान सुमित महर्जनले १४ रन, रवि शाहले ९ रनपवन सर्राफले ८ र अनिल खरेलले ३ रनजोड्न सफल भए । नेपालका विजयचौधरी र आशिष पोखरेलले रन बटुल्न सकेनन् । ओमानका लागि हितेश कुमारले ५ र महेशकुमारले २ विकेट लिन सफल भए ।

नेपालले यो जितसँगै ६ अंक बटुलिसकेको छ । नेपालले ओमानविरुद्द जित निकाले उपाधि नजिक पुग्नेछ । नेपाललेयसअघि पहिलो खेलामा थाइल्यान्डलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो। त्यसैगरी दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गर्न सफल भएको थियो । यो जितसँगै नेपाल ६ अंकसहित शीर्षस्थानमा छ । नेपालले अब सोमबार विहान बहराइनको सामना गर्ने छ । त्यसपछि बुधबार घरेलु टोली मलेसियासँग नेपालले भिड्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: