आइफोन जस्तै सामसुङको ‘ग्यालेक्सी अल्फा’ आउँदै

Share:

स्मार्टफोन बजारमा एप्पलको आइफोनले एकाधिकार जमाइरहेका बेला कोरियाली कम्पनी सामसुङले बेग्लै अपरेटिङ सिस्टम, बेग्लै डिजाइन तथा सुविधाका साथ आफुलाई उपभोक्तामाझ पुर्‍याएको थियो ।

त्यही फरकपन र नयाँ स्वादकै कारण सामसुङ एप्पललाई पछार्दै बिश्वकै नम्बर एक स्मार्टफोन उत्पादक बन्न सफल रह्यो । अहिलेसम्म सामसुङ स्मार्टफोन प्लास्टिक कभरमा आउँथे । तर, यसपटक सामसुङ आइफोनजस्तै आल्मुनियम कभरमा छ । अनि डिजाइन पनि आइफोनसँग मिल्दोजुल्दो छ ।

सामसुङले सार्वजनिक गरेको भिडियो र प्रेस सामाग्रीका आधारमा हेर्दा यो फोन मिड रेन्जको ग्यालेक्सी सेरिज जस्तो देखिन्छ । ७ मिलिमिटर बाक्लो अल्फा सामसुङकै सवैभन्दा पातलो स्मार्टफोन हुनेछ । सामसुङले आफ्ना स्मार्टफोन सेरिजमध्ये अल्फामा ‘नयाँ डिजाइन बिधि’ अपनाइएको जनाएको छ । अघिल्ला स्मार्टभन्दा यसका चौकुना कम घुमेको देखिन्छ जसका कारण पनि डिजाइन करिव अाइफोनसँग मिलेको जस्तो देखिन्छ ।

केके छन सुबिधा ?

४.७ इन्च चौडा र ७२० पिक्सेलको स्क्रिन रहेको छ भने पछाडीको क्यामेरा १२ मेगापिक्सेल र अगाडीको क्यामेरा २.१ मेगा पिक्सेलको छ ।
सेप्टेम्बरको पहिलो साता बजारमा आउने ग्यालेक्सी अल्फा बिभिन्न ५ रंगमा उपलब्ध हुने छ । ग्यालेक्सी एस ५ मा जस्तै यसमा पनि फिंगरप्रिन्ट सेन्सर हुने छ ।

अहिलेसम्म यसको मूल्यमा बिषयमा कम्पनीले कुनै जानकारी नदिएको भएपनि ग्यालेक्सी एस ५ भन्दा अलिक कम मूल्यसहित आउने बिजनेस इनसाइडरले अनुमान गरेको छ ।

सामसुङ ग्यालेक्सी अल्फा- प्राबिधिक बिबरण
स्क्रिन ४.७ इन्च
प्रोसेसर अक्टा कोर
अपरेटिङ सिस्टम ४.४.४ किटक्याट
क्यामेरा १२ मे.पी(पछाडी), २.१ अगाडी
मेमोरी र्याम २ जीवी, इन्टरनल मेमोरी ३२ जीवी
ब्याट्री १८६० mAh

https://www.youtube.com/watch?v=u8OZoyHvX78

कमेन्ट गर्नुहोस्
Share: