पोखरा, ७ भदौ / प्रेम होस त हरिबंश आचार्य र रमिला पाठकको जस्तो । देशमा हुने सभा समारोह होस वा विदेशमा जहाँ गएपनि हरिबंशले रमिलालाई संगै डोर्याउन विर्सदैनन् । श्रीमती मीराको निधन हुनु अघि पनि हरिबंशले मीरालाई सार्वजनिक कार्यक्रमहरुमा पहिले पहिले खुवै लाने गर्दथे जुन निरन्तरता रमिलाका हकमा पनि उनले लागु गरेका छन् ।
नेपालकै सर्वाधिक पुरस्कार राशिको खुल्ला गायन प्रतियोगिता सामसङ्ग ग्यालेक्सी ग्रयाण्ड निओ ‘विग आईकन‘को फाईनलमा प्रमुख अतिथिको रुपमा सहभागी हुन श्रीमती र मदनकृष्ण सहित हरिबंश पोखरा आएका हुन ।
मह जोडीले २० दिन अघि पोखरामा आयोजित महजात्रामा आयोजना गरेर पनि दर्शकको माया पाएका थिए । ५० जिल्लाका ८ सय ९० जना प्रतिष्पर्धीबीच भएको पाँचौ विग आईकनको फाईनलमा यस पटक चार जना नवप्रतिभा बीच अन्तिम भिडन्त हुँदैछ ।
पश्चमाञ्चलको निकै चर्चित ‘विग एफ एम. को आयोजनामा विग आईकनको पाँचौ संस्करण १२: ३० देखि पोखरा सभागृहमा सुरु भएको छ ।
Source: www.newsfilmy.com
