श्वेताले भनिन्- ‘भगवान् सहन गाह्रो भयो मलाई’

Share:

काठमाडौं, भाद्र ९ – अभिनेत्री स्वेता खड्काले आफूलाई जति कसैलाई पनि दुःख नदिन भगवानसँग प्रार्थना गरेकी छन् ।

अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेताले फेसबुकमा आफ्नो बिलौना पोखेकी छन् । ‘भगवान पनि पछुतायो होला अब गल्ती गरेछु भनेर । कोसँग दुःख सेयर गरौं भगवान । जब तिमीले यति दुःख दिएपछि कमसेकम हे भगवान भन्ने ठाउँ त राखिदिनुपर्छ,’ उनले लेखेकी छन्, ‘अझै पनि अलिकति विश्वास छ हामीलाई । जे गर्‍यौ मलाई । जति दुःख दियौ । प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दुःख नदेखाउन भगवान । सहन गाह्रो भयो मलाई….।’

श्रीकृष्णको साउन २४ गते नयाँदिल्लीमा उपचारकोक्रममा निधन भएको थियो । श्रीकृष्ण-स्वेताको लगनगाँठो असार २३ गते गाँसिएको थियो ।

‘कहाँ भेटिएला’ फिल्मदेखि श्रीकृष्णसँग अभिनयमा जोडिएकी स्वेता शोकमा विक्षिप्त छन् ।

कमेन्ट गर्नुहोस्
Share: