पहिरोले बिश्व शान्ति स्तुपा नै खतरामा, पर्यटक जान रोक

Share:

गोकुल बानियाँ पोखरा १० भदौ । आईतवार रातिको बर्षाले नजिकै पहिरो गएपछि कास्कीको पुम्दीभुम्दीमा रहेको बिश्व शान्ति स्तुपानै खतरामा परेको छ ।

तीन जनाको ज्यान जाने र एक जना बेपत्ता हुने गरी फेवाताल किनारको रेष्टुरेण्ट बगाएको पहिरो शान्ति स्तुपा नजिकैबाट खसेपछि पर्यटक जान समेत रोक लगाईएको हो । स्तुपाको कम्पाण्डिङ पर्खालको ५ मिटर नजिकैबाट पहिरो खस्दा जोखिम बढेको छ ।

पानी लगातार परिरहे र तत्काल रोकथामको उपाय नअपनाए स्तुपानै भासिने खतरामा छ । बिश्व शान्ति स्तुपा सञ्चालक समितिले सुचना प्रकाशित गरी अर्को सुचना जारी नभएसम्मको लागि स्वदेशी तथा बिदेशी पर्यटक जान रोक लगाएको छ । शान्ति स्तुपा जाने अन्य बाटोहरु पनि पहिरोले अबरुद्ध भएका छन् ।

शान्ति स्तुपाको लागि आईतवार राति बगाएको टिपिकल रेष्टुरेन्ट हुदै जाने, पोखराको ड्यामसाईडबाट जाने र छोरेपाटन हुदै जाने तीन ओटा बाटोहरु छन् । स्तुपामा दैनिक तीन सय भन्दा बढी पर्यटकहरु पुग्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: