एएफसी यू–१६ च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग बराबरी

Share:

काठमाडौं, २२ भदौ / एएफसी यू–१६ च्याम्पियनसिप फुटबलमा नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोकेको छ । खेलको अन्तिम समयमा किरण सुनारले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई नेपालले बराबरीमा रोक्न सफल भएको हो ।नेपालले समूहको सबैभन्दा बलियो मानिएको टोली उज्वेकिस्तानसँग १–१ को बराबरी खेलेको हो ।

थाईल्याण्डको मुवाङ रंगशालामा आज भएको खेलमा नेपाली टोली सुरुदेखि नै दबावमा परेको थियो । १२ औं मिनेटमा नेपालका अन्जन विष्टको प्रहारले सही दिशा लिन सकेन । २८ औं मिनेटमा नेपाली डिफेण्डर र गोलरक्षकबीच तामेल नहुँदा उज्वेकिस्तानले राम्रो मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् । ४७ औं मिनेटमा अन्जनले करिव २५ याड टाढाबाट हानेको बल गोलकिपरले बचाए । ५३ औं मिनेटमा उज्वेकिस्तानले पेनाल्टी पायो, जसमा कुचिमोभले गोल गरे । खेलको अन्तिम मिनेटमा किरण सुनारले गोल गर्दै नेपाललाई हारबाट जोगाए ।

यो जितले नेपाली किशोर टोलीलाई सन् २०१५ मा हुने फिफा यू–१७ विश्वकप फूटबलका लागि छनोटको आशा कायमै राखेको छ । छनौट चरणमा दुईवटा पहेलो कार्डका कारण युवा स्ट्राईकर तथा कम्तान विमल घर्तीमगर विनै नेपाली टोली मैदानमा उत्रिएको थियो । छनोट चरणमा पाएको दुई वटा पहेँलो कार्डका कारण विमलले उज्वेकिस्तानविरुद्धको खेल गुमाएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: