काठमाडौं, २२ भदौ / सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लब एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्रका खेलाडीहरुको बाहुल्यता रहेको झापाले एपीएफलाई २-० गोल अन्तरले पराजित गर्यो ।
दशरथ रंगशालामा भएको खेलमा झापाले २२ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट अग्रता लिएको थियो । उनले प्रवेश कटवालको फि्र किकमा गोल गरे ।
६१ औं मिनेटमा विशाल राईको प्रहार एपीएफका गोलरक्षले उत्कृष्ट बचाउ गरे । ८४ औं मिनेटमा पाल्साङ लामाले कर्ण लिम्बुलाई फल गरेपछि झापाले पेनाल्टी पायो, जसमा कर्णले नै गोल गर्दै झापालाई जित दिलाए ।
नेपाल आर्मी र संकटाबिच हुने दोश्रो सेमिफाइनलको विजेतासँग झापाले उपाधिका लागि खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
