स्कटल्याण्ड वेलायतबाट अलग नहुने

Share:

असाेज ३ – स्कटल्याण्ड संयुक्त अधिराज्य अन्तर्गत नै रहने भएको छ। बिहीबार भएको ऐतिहासिक जनमत संग्रहमा “स्कटल्याण्ड एक स्वतन्त्र राष्ट्र बन्नु पर्छ कि पर्दैन?” भन्ने प्रश्नमा ५५ प्रतिशत स्कटल्याण्ड नागरिकले “हुन्न” भनि मतदान गरेपछि संयुक्त अधिराज्य टुक्रिने सम्भावना टरेको हो।

स्कटल्याण्डका ३२ वटै परिषदको नतिजा सार्वजनिक भैसकेको छ। जसअनुसार “हुन्न” भन्ने पक्षमा २० लाखभन्दा बढी मत खसेको छ । जीतका लागि १८ लाख ५२ हजार जतिको मत आवश्यक थियो। स्कटल्याण्डका फर्ष्ट मिनिष्टर एलेक्स सालमण्डको नेतृत्वमा दुई वर्षको प्रयासपछि जनमत संग्रह गरिएको थियो । सालमण्डले हार स्वीकार गरिसककेको बेलायती पत्रिका डेली मेलको अनलाईन संस्करणले लेखेको छ। “स्कटल्याण्डका अधिकांश नागरिकले अहिलेको अवस्थामा स्वतन्त्र नहुने भनि गरेको निर्णय स्वीकार गर्छ,” सालमण्डले भन्नुभयो।

Scotland-No-Vote

उहाँले सम्पूर्ण स्कटल्याण्ड नागरिकलाई पनि प्रजातान्त्रिक निर्णय स्वीकार्न अनुरोध गर्नुभयो । स्कटिश संसदलाई बढी अधिकार दिने वचन पालना गर्न उहाँले एकीकृत संयुक्त अधिराज्यका पक्षधर दलहरूलाई अनुरोध पनि गर्नुभएको छ। स्कटल्याण्डको सबैभन्दा ठूलो परिषद क्षेत्र ग्लासगोले भने स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो भने राजधानी एडिनबर्गका बासिन्दाले विपक्षमा मतदान गरे । बेलायत, वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड मिलेर संयुक्त अधिराज्य बनेको हो।

स्कटल्याण्ड अलग हुनुपर्ने पक्षका नेताले अलग भए आफनै मुद्रा बनाउने र यस बारेमा बेलायतसँग सम्झौता गर्ने बताएका छन् भने बेलायतमै रहनुपर्ने पक्षका नेताले अलग हुने कुरा संकिर्ण राष्ट्रवाद मात्रै भएको टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: