
रञ्जन अधिकारी पोखरा, ४ असोज / पोखराका विभिन्न क्षेत्रका महिलाहरु आबद्ध महिला आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले विभिन्न संघसंस्थामा आबद्ध महिलाहरु मिलेर संचालित यो संस्था राम्रो रहेको बताए । महिलाहरुको आर्थिक समृद्धिमा यसले सहयोग पु¥याएको विश्वास गर्दै उनले संस्थामा पुरुषहरु समेतको सहभागिता भए उत्कृष्ट हुने सुझाव दिए ।
कार्यक्रममा संस्थाकी सल्लाहकार आशा खड्का, सञ्चारिका समूह, पश्चिमाञ्ल संयोजक बसन्ती बास्तोला, नेपाल पत्रकार महासंघ कास्की सदस्य जमुना वर्षा शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता समेत गरेकी संस्थाकी अध्यक्ष दुर्गा न्यौपानेले ३० जनाबाट सुरु भएको यो संस्थामा अहिले एक सय ३० जना महिलाहरु आबद्ध भईसकेको जानकारी दिँदै ३३ लाख कारोबार भएको जनाईन् ।
साधारणसभामा सचिव प्रमिला तझ्याले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जुना केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । सो अवसरमा सत्य खनाल र चन्द्र बराललाई धेरै सदस्यहरु भित्राएकोमा सम्मान पनि गरिएको थियो ।
अधिवेशनले सञ्चाल समितिको अध्यक्षमा पुनः दुर्गा न्यौपानलेलाई चयन गरेको छ । उपाध्यक्षमा राजकुमारी भुजेल, सचिवमा प्रमिला तझ्या, सहसचिवमा मनमाया नेपाली, कोषाध्यषमा जुना केसी र सदस्यहरुमा सत्य खनाल, चन्द्र शर्मा तिवारी, विष्णु गुरुङ, हरिमाया बराल, ईश्वरी चापागाईं, संगीता गुरुङ चयन भए । लेखा समिति संयोजकमा विष्णु सुवेदी, सदस्यहरुमा रिता पराजुली र विष्णु श्रेष्ठ रहेका छन् भने सल्लाहकारहरुमा आश्मा खड्का, सुरेन्द्र थापामगर, राजेन्द्र अधिकारी, सीता बराल र शान्ति उदास चयन गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिईन् ।
