
काठमाडौं ६ असोज / मनाङ मस्र्याङ्दी क्लब एएफसी प्रेसिडेन्ट कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । सोमबार तुर्कमिनिस्तानको हल्कारा तुर्कमिन तुर्क युनिभर्सिटी फुटबल क्लब (एचटीटीयू)सँग ३-१ ले पराजित भएएपछि मनाङ समूह चरणबाटै घर फर्किएको हो । पहिलो खेलमा मनाङले श्रीलंकन एयर फोर्सलाई २-१ ले पराजित गरेको थियो ।
खेलमा एचटीटीयूले २८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । तर, ३५ औं मिनेटमा सुजल श्रेष्ठले मनाङका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा एचटीटीयूले मनाङलाई थप दबावमा राख्यो । ७४र ८३ औं मिनेटमा गोल गर्दै खेल ३-१ ले जित्यो ।
पहिलो हाफसम्म एक–एक गोलको बराबरी भएपनि दोश्रो हाफमा मनाङले आज २ गोल खायो । एचटिटियु र मनाङको समान ३ अंक भएपनि गोल अन्तरको आधारमा एचटिटियू पहिलो स्थानमा छ ।
अब एचटिटियुले श्रीलंकन एयर फोर्ससँग खेल्न बाँकी छ । एयर फोर्स मनाङसित हारेको थियो ।
