लायन्स अन्तर्राष्ट्रिय र सीजी ग्रुपको पहलमा नेपाल सोसल बिजनेस

Share:

रञ्जन अधिकारी पोखरा, ६ असोज /लायन्स अन्तर्राष्ट्रिय र नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको संयुक्त पहलमा नेपाल सोसल बिजनेस स्थापना गरी कार्यान्वयनमा ल्याईएको छ । नेपालमा सामाजिक रुपमा पछि परेका वर्ग क्षेत्र र समुदायहरुमा आर्थिक एवं सामाजिक समृद्धि ल्याउन पहल गर्ने उद्देश्यका साथ विकट क्षेत्र कर्णालीबाट यो आयोजना सुरु भएको छ । जुम्लामा नेपाल सोसल विजनेशले चार पाइलट प्रोजेक्टहरु सुरु गरेको छ । कुपोणसको समस्या सम्बोधन गर्न लिटो बनाउने हेतुले कर्णाली मितेरी उद्योग, तातोपानी पर्या पर्यटन, अर्गानिक फलफूल एवं खाना प्रशोधन उद्योग र बहुउपयोगि भवन सहितको मितेरी शान्ति बाटिका निर्माण हुनेछन् ।

चौधरी ग्रुपका कार्यकारी अध्यक्ष विनोद चौधरीका अनुसार यो साझेदारीका लागि सीजी नेपाल सोसल बिजनेसले प्रत्येक वर्ष एक लाख अमेरिकी डलर प्रदान गर्नेछ । लायन्स अन्तर्राष्ट्रिय यस वर्ष सन् २०१४ का लागि २ लाख २० हजार प्रदान गर्नेछ । नेपाल सोसल बिजनेको अवधारणा कार्यान्वयनमा ल्याउने लक्ष्यका साथ सीजीले युनुस सेन्टरसँग सझेदारी गरी सीजी नेपाल सोसल बिजनेस स्थापना गरेकोमा गत जुलाईमा लायन्स अन्तर्राष्ट्रियसँग समन्वय गरी नेपाल सोसल बिजनेश स्थापना भएको चौधरीले बताए । सोसल बिजनेसका प्रतिपादक प्रो. मोहम्मद युनुस हुन् ।

स्थानीय समुदायलाई तालिम परामर्श उपलब्ध गराई, सम्वद्र्धनको प्रक्रियामा तय भएका बिजनेस योजनाका आधारमा नेपाल सोसल बिजनेसले सम्बन्धितलाई वित्तिय सहयोग प्रदान गर्नेछ । तर पछि यसको साँवा फिर्ता गर्नुपर्ने र पुनः सोसल बिजनेशका लागि नयाँ योजनामा लगानी गरिने जीसीटी एरिया कोओर्डिनेटर तथा पास्ट काउन्सिल चेयरपर्सन लायन सञ्जय खेतानले बताए । नेपालको दिगो सामाजिक विकासका लागि ए भरपर्दो माध्यम हुन सक्ने विश्वास लिईएको छ ।

यसैबीच, चार पाईलट प्रोजेक्टको औपचारिक शुभारम्भ गर्ने क्रममा पहिलोपटक नेपाल भ्रमणमा आएका लायन्स अन्तर्राष्ट्रिय वर्ष २०१४÷१५ प्रेसिडेण्ट लायन जोसेफ जो. प्रेष्टनलाई पोखरामा सोमबार स्वागत गरियो । उनीसँग स्थानीय पत्रकारले भेटघाट गरे । जोसेफले लायन्स हामी सेवा गछौं नाराकै साथ क्रियाशील रहेको जानकारी दिँदै विश्वबाटै मोतियाबिन्दुको उन्मुलन गर्ने महान अभियानमा लायन्स सफल भएको बताए । पत्रकारहरुले पोखरामै लायन्स क्लबहरु च्याउ सरी स्थापना भएपनि प्रभावकारी नभएको गुनासो राखेका थिए । नेपालमा ५३६ लायन्स क्लबमा करिब १२ हजार सदस्य छन् भने पोखरामा मात्रै ५७ लायन्समा १५ सय बढि आबद्ध छन् ।

कार्यक्रममा डिष्ट्रिक्ट एडभाईजर सोनाम साङ्पो, डिष्ट्रिक्ट गभर्नर भूगोल शेरचन, निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ लगायतले अन्तर्राष्ट्रिय प्रेसिडेण्टलाई पोखरामा पाउँदा खुशी लागेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: