मेरो नेपाल कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता, पहिलो चरणका १० खेल सम्पन्न

Share:

पोखरा, ९ असोज। बडा दसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा रामेश्वरी उमाविको खेलमैदानमा जारी चौथो मेरो नेपाल कप खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बिहीबार १० खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा मगरथोक युनाइटेडले मनोहर एफसी युथ क्लब बी लाई टाइब्रेकरमा ३–१ ले हरायो। दोस्रो खेलमा रानीपौवा एफसीले भवानी टोल एफसीलाई टाइब्रेकरमा ३–१ ले पाखा लगायो। तेस्रो खेलमा संघर्ष एफसीले डिजी छिनेडाँडालाई २–१ ले पराजित ग¥यो।चौथो खेलमा मसिना एफसीले देउ।ाली एफसीलाई २–० ले पराजित ग¥यो।पाँचौं खेलमा बीपी युनाइटेड–१४ ले कम्बाइन्ड सोसाइटी एफसीलाई टाइब्रेकरमा ७–६ ले पराजित ग¥यो।

DSC07707

छैटौं खेलमा मनकामना युथ क्लबले सिर्जनशील युथ क्लबलाई ३–१ ले हरायो। सातौं खेलमा एकता एफसीले लक्ष्मीटोल एफसीलाई २–० ले हरायो। आठौं खेलमा ब्रदर एफसी अमरसिंहले शहीद स्मउति आवासीय मावि पोखरा–१४ सेतीदोभानलाई टाइब्रेकरमा १–० ले हरायो। नवौं खेलमा एसवाईसी बी–१३ ले जिएफसी–१५ लाई ५–० ले पराजित ग¥यो। एसवाईसी टीममा नेपाली राष्ट्रिय टीम तथा विदेशी खेलाडीको सहभागिता रहेको थियो।दशौं खेलमा डोरफिर्दी एफसी तनहुँले डिडि युनाइटेड बी–१३ लाई टाइब्रेकरमा २–० ले पराजित गरेको खेलकुद संयोजक सञ्जीव कुँवरले जानकारी दिए।

५२ टीमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टीमलाई नगद ८८ हजार आठ सय ८८, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ।

असोज १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अनुशासित टीम, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ। सहभागी टीमलाई निर्धारित समयमै उपस्थित हुन क्लबले आग्रह गरेको छ। प्रतियोगिताअन्तर्गत शुक्रबार पनि पहिलो चरणका १० खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक पृथ्वी कुँवरले जानकारी दिए।

यसअघि बुधबार प्रतियोगिताको उद्घाटन गर्दै सभासद् रबिन्द्र अधिकारीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कसैले पनि रोक्न नसक्ने बताए। उनले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिमा स्थानीयको सहभागिता अनिवार्य भएको भन्दै स्थानीय दुई जनालाई समावेश गरेर समिति बनाउने निर्णय भए पनि टेक्निकल मिस्टेक भएको बताए।

न्यूनतम सहमति गरी विमानस्थल मुआब्जाको विषय टु·याउने बताए। उनले बाढीका कारण देखिएको समस्यालाई समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए। १४, १५ र १८ सँग जोडिएका भरतपोखरी, निर्मलपोखरी गाविस हुँदै नवलपरासी जिल्लासँग जोड्ने मुख्य मार्ग यसै वर्षदेखि निर्माण कार्य प्रारम्भ हुने बताउँदै सभासद् अधिकारीले त्यसको लागि टेण्डर प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिए।

क्लबका पूर्व अध्यक्ष बोधराज बरालले स्थानीय समस्या साथै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा प्रकाश पारेका थिए।मुख्य प्रायोजकको तर्फबाट किङ्स इन्स्टिच्युटका प्रबन्ध निर्देशक सन्तोष शाहीले पनि क्लबसँग सहकार्य गर्न पाएकोमा आÇनो संस्थाले गर्व महसुस गरेको बताए।

क्लबका अध्यक्ष हरि जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक दिवस कुँवरले स्वागत मन्तव्य र कमल ढु·ानाले कार्यक्रम सञ्चालन गरेका थिए। अनुशासित टीम, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।

कमेन्ट गर्नुहोस्
Share: