बिग एफएममा घटस्थापनाबाट ‘महा–आजिजा’ सुरु

Share:

विग न्यूज पोखरा, ९ असोज । रेडियोबाटै आफ्ना स्रोताहरुसंगै दशैँलाई उल्लासमय बनाउने उद्देश्यसहित पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले आजबाट ‘महा आजिजा’ शुरु भएको छ । पैसाको खेल रेडियोमा भन्ने थिममा खेलाईने यो खेलमा सहभागि भएर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने एफएमले जनाएको छ ।

web-660x330

महाआजिजाको पहिलो दिन आज ३ जानाको सहभागीता रहेको थियो । सहभागीहुनेहरुमा स्याङजा बाट रमेश शर्मा, बगाले टोलबाट शंकर श्रेष्ठ र अमरसिंह चोक बाट कुशल तिमील्सेना थिए । रमेश शर्माले रु ५०० जिते भने शंकर श्रेष्ठ र कुशल तिमील्सेनाले रु १०० बराबरको रिचार्ज कार्ड जित्न सफल भएका छन् ।

‘दशँैलाई उल्लासमय बनाउँदै केहि पैसा पनि जित्ने अवधारणा अनुसार हामीले रेडियोमार्फत नै खेल खेलाउन लागेका हौँ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि स्रोताहरुको सहभागिता उल्लेख्य रहने हाम्रो अनुमान छ ।’ दशैँको अवसर पारेर हरेक वर्ष विग एफएमले ‘महा–आजिजा’ खेलाउँदै आएको छ । यो पटकको ‘महा आजिजा’लाई जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले मुख्य प्रायोजन गरेको छ ।

गेम शोमा सहभागिताका लागि स्रोताहरुले एसएमएसमार्फत आफुलाई दर्ता गराउनुपर्नेछ । दर्ता हुनका लागि स्रोताहरुले Big <Space> FM टाईप गरि ४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा पैसा जित्दै जानेछन् । ‘स्रोताहरुको बौद्धिक विकास गराउने हाम्रो लक्ष्य हो ।’ एफएमका अध्यक्ष महेश भण्डारीले भने –‘त्यसैले आफ्नो आईक्यू टेस्ट गर्न चाहने र विग एफएमसंगै दशैँ मनाउन चाहने स्रोता तथा सुभेच्छुकहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।’

कार्यक्रम संयोजक बस्यालका अनुसार गेमको पहिलो र दोस्रो दिन प्रत्येक सहभागीले अधिकतम ५ हजार सम्म जित्न सक्नेछन् । प्रत्येक सहभागीलाई ५ ओटा प्रश्नहरु सोधिने छ । पहिलो दोस्रो र तेस्रो प्रश्नमा चार चार ओटा अप्सनहरु रहनेछन् भने चौथो र पाँचौँ प्रश्नमा कुनै पनि अप्सन रहनेछैन । प्रत्येक सहभागीले दोस्रो र तेस्रो प्रश्न मध्य एउटामा ‘लाईफ लाईन’ पाउनेछन् । प्रतियोगीलाई हरेक प्रश्नमा एक मिनेटको समय दिईनेछ । हरेक प्रश्नको उत्तर एक मिनेट भित्र दिई सक्नुपर्नेछ । समय सुरु हुन भन्दा अगाडि नै सहभागीले उत्तर दिएमा खेल रद्द गरिनेछ । खेल सम्बन्धि अन्तिम निर्णयको अधिकार सन्चालकमा रहनेछ । महा आजिजा आज साँझ ७ वजेदेखि शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: