
विग न्यूज/ असोज १० : भनिन्छ माया गर्ने मान्छेको लागि ज्यान दिन पनि पछि पर्दैनन्, प्रेमचरीहरु । यस्तै भएको छ, आफुले अति माया गर्ने एक यूवतीको लागि कलाकार तथा पत्रकार रेम बिकले ज्यान दिएका छन् । यद्यपी उनले वास्तविक जिवनमा ज्यान भने दिएका होईनन् । एउटा म्यूजिक भिडियोमा यस्तो कथा बुनिएको छ ।
अडियोमै स्रोताहरुमाझ लोकप्रिय भैसकेको आधुनिक गीत ‘सबैले मलाई घृणा गरेपनि’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘उन्माद’ एल्बममा समावेश यो गीतको भिडियो सामाजिक संजाल यूट्युबबाट सार्वजनिक भएको हो । भिडियो सार्वजनिक भएसंगै यसका भ्यूअर्सहरु पनि ह्वात्तै बढेका छन् ।
सेञ्चुरी सुरेश घमालले लेखेको यो गीतलाई शिव परियारले गाएका हुन् । सिआरविटी पिआरविटी पनि अत्याधिक प्रयोग भएको यो गीतको भिडियो रोहन नेपालीले निर्देशन गरेका हुन् । दिपक शर्मा यो गीतको संगीतकार हुन् । पोखरामा छायाँकन भएको भिडियोलाई मिलन शंकरले खिचेका हुन् । भिडियोमा रेम बिक, प्रतिक्षा सुनार र शिव सुनारले अभिनय गरेका छन् ।
‘स्रोताहरुबाट भिडियोको अत्याधिक माग भएका कारणले हामीले यो भिडियो ल्याएका हौँ ।’ गीतकार घमालले भने–‘दशैँको शुभकामना स्वरुप हामीले यो भिडियोलाई दशैँको छेकोमा सार्वजनिक गरेका हौँ ।’ प्राविधिक र स्टोरिलाईनको हिसाबले भिडियोलाई उत्कृष्ट बनाउन खुब मेहेनत गरिएको उनले जानकारी दिए ।
यस्तै केहि दिनमा यहि गीतको ‘महिला भर्सन’ भिडियो पनि सार्वजनिक हुने गीतकार घमालले जानकारी दिए । ‘महिला भर्सन’ गीतको भिडियो निर्देशन संचारकर्मी संजोग बस्यालले गरेका छन् ।
हेर्नुस् भिडियो :

