
बिग न्यूज
पोखरा, ११ असोज ।
रेडियोबाटै आफ्ना स्रोताहरुसंगै दशैँलाई उल्लासमय बनाउने उद्देश्यसहित पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले सुरु गरेको ‘महा आजिजा’ जारी छ । पैसाको खेल रेडियोमा भन्ने थिममा खेलाईने यो खेलमा सहभागि भएर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने एफएमले जनाएको छ । कसले कति जित्लान्, सहभागी श्रोताकै क्षमतामा भर पर्दछ ।
महाआजिजाको दाश्रो दिन ६ जनाको सहभागीता रह्यो । सहभागी हुनेहरुमा बगरबाट सुर्य प्रसाद गौतम, बिरौटाबाट लक्ष्मण पौडेल, लेखनाथबाट सुमन भट्टराई, तनहूँबाट सुजन जोशी, अमरसिंहचोकबाट बैकुण्ठ पौडेल, शोभा ढकाल, सुनिल थापा मगर र स्याङ्जाबाट अग्नी पनेरु रहेका थिए । सुर्य प्रसाद गौतम, सुजन जोशी, अग्नी पनेरुले जनही एक हजार जित्न सफल भए भने लक्ष्मण पौडेल, सुमन भट्टराइ, बैकुण्ठ पौडेल, शोभा ढकाल, सुनिल थापा मगरले रु. एक सय बराबरको रिचार्ज कार्ड जित्न सफल भएका छन् ।
दशैँको अवसर पारेर हरेक वर्ष विग एफएमले ‘महा–आजिजा’ खेलाउँदै आएको छ । यो पटकको ‘महा आजिजा’लाई जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले मुख्य प्रायोजन गरेको छ । गेम शोमा सहभागिताका लागि स्रोताहरुले एसएमएसमार्फत आफुलाई दर्ता गराउनुपर्नेछ । दर्ता हुनका लागि स्रोताहरुले Big <Space> FM टाईप गरि ४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा पैसा जित्दै जानेछन् ।
कार्यक्रम संयोजक सन्जोक बस्यालका अनुसार गेमको पहिलो र दोस्रो दिन प्रत्येक सहभागीले अधिकतम ५ हजार सम्म जित्न सक्नेछन् । प्रत्येक सहभागीलाई ५ ओटा प्रश्नहरु सोधिने छ । पहिलो दोस्रो र तेस्रो प्रश्नमा चार चार ओटा अप्सनहरु रहनेछन् भने चौथो र पाँचौँ प्रश्नमा कुनै पनि अप्सन रहनेछैन । प्रत्येक सहभागीले दोस्रो र तेस्रो प्रश्न मध्य एउटामा ‘लाईफ लाईन’ पाउनेछन् । प्रतियोगीलाई हरेक प्रश्नमा एक मिनेटको समय दिईनेछ । हरेक प्रश्नको उत्तर एक मिनेट भित्र दिई सक्नुपर्नेछ । समय सुरु हुन भन्दा अगाडि नै सहभागीले उत्तर दिएमा खेल रद्द गरिनेछ । खेल सम्बन्धि अन्तिम निर्णयको अधिकार सन्चालकमा रहनेछ । महा आजिजा हरेक दिन साँझ ७ बजेदेखि शुरु हुनेछ ।

