
रञ्जन अधिकारी पोखरा, ११ असोज /पोखरा ९ नयाँबजार स्थित बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदीप ढकालले शेयर सदस्यहरुलाई सहकारीमा शेयर लगानीपछि ठूलो महत्वाकांक्षा नपाल्न आग्रह गरे । उनले सहकारीबाट बढि अपेक्षा गरे दुःखी मात्रै हुने भन्दै शेयर सदस्यहरुले पनि आफ्नो भूमिका प्रभावकारी बनाउन सुझाव दिए । ‘बचत तथा ऋण सहकारीको दर्ता प्रक्रिया रोकिएको अवस्था छ ।’ उनले भने– ‘एउटा वडा मात्रै कार्यक्षेत्र तोक्ने हो भने व्यवहारिक हुँदैन ।’
विशेष अतिथि गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनका अध्यग कुल बहादुर नेपालीले मेकानिक्स र अटो मजदुरहरुलाई समेटेर अघि बढेकोमा सहकारीप्रति आभार व्यक्त गर्दै आफ्नै सहकारीका रुपमा हेरेको जनाए ।
संस्थाका अध्यक्ष सुवर्णमान नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा सल्लाहकार डा. गणेशबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सभासद् सूर्यप्रसाद ढकाल, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रतिनिधि राजेन्द्र कोईराला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दुर्गा भण्डारी, हिमालयन बैंकका कर्जा अधिकृत निशा श्रीवास्तव नकर्मी, युनाईटेड नेपाल बहुउद्धेश्यीय संस्थाका नगेन्द्रराज ढकाल, मानवअधिकार तथा शान्ति समाज पोखराका अध्यक्ष धिरज थापा, शेयर सदस्यका तर्फबाट विष्णुहरि पन्थीले बोलेका थिए ।
सो अवसरमा उत्कृष्ट कर्मचारीबाट मनु नेपाली, उत्कृष्ट कारोबारी रेनुका भण्डारी, उत्कृष्ट शेयर सदस्य प्रवृत्ति भण्डारी, महिला उत्कृष्ट निक्षपकर्ता प्रस्निता भण्डारी र पुरुषतर्फ निर्मलप्रसाद बास्तोला सम्मानित भए । कार्यक्रमको सञ्चालन पार्वती बराल कटवालले गरेकी थिईन् । सो अबसरमा लेखा समितिले प्रतिवेदन प्रस्तुत गरेको थियो ।
