मेरो नेपाल कप सेभेन–ए–साइड फुटबल प्रतियोगितामा शनिबार ११ खेल

Share:

पोखरा, ११ असोज / बडा दसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा रामेश्वरी उमाविको खेलमैदानमा जारी चौथो मेरो नेपाल कप खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत शनिबार ११ खेल सम्पन्न भएका छन्। आइतबार १० खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक पृथ्वी कुँवरले जानकारी दिए।

पहिलो खेलमा मसिना एफसीले मनोहर एफसीबाट वाकओभर पायो। शुक्रबार दुवै टीमबीच एक–एक गोलको बराबरी भएपछि अचानक आएको वर्षाका कारण खेल स्थगित भएको थियो। दोस्रो खेलमा एमआरएसटी शुभकामना युथ क्लब बी ले एफसी ब्रदर्शलाई ४–१ ले पराजित ग¥यो। तेस्रो खेलमा योङस्टार क्लब विजयपुर लेखनाथ ए ले एबीसीलाई ५–० ले हरायो। योङस्टारको लागि एलन गुरुङले ह्याट्रिक गरे भने सिआर गुरुङ र रमेश थापाले एक–एक गोलको योगदान दिए।

10251992_290805087786837_8977123630212369603_n

चौथो खेलमा मेरो नेपाल युवा कलब बी ले बीपी युनाइटेडलाई ३–१ ले पाखा लगायो। मेरोनेपालका लागि हेमन्त गुरुङ, अनिश गुरुङ र भीम तुलाचनले एक–एक गोल गरे भने बीपी युनाइटेडको तर्फबाट सागर भण्डारीले सान्त्वना गोल फर्काएका थिए।पाँचौं खेलमा संगम एफसी बी ले काजीपोखरी एफसी बी लाई ४–१ ले पराजित ग¥यो। संगमको लागि कुमार गुरुङले दुई तथा टंक गुरुङ र राकेश गुरुङले एक–एक गोल गरेका थिए।

छैटौं खेलमा एकता एफसीले शुभमार्ग एफसीलाई २–१ ले पन्छायो। एकताको लागि अनुप केसी र सन्तोष गुरुङले एक–एक गोल गरे भने शुभमार्गको तर्फको लागि मात्र एक गोल सुनिल गुरुङले गरेका थिए। सातौं खेलमा रत्नासेवा समाज कसेरीले काजीपोखरी एफसी ए लाई टाइब्रेकरमा २–० ले पाखा लगायो।सो खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।आठौं खेलमा सत्य युवा क्लब बाझपाटनले संघर्ष बी–१३ लाई ३–० ले हरायो। सत्यको लागि सुशील लामाले दुई तथा अर्को एक गोल संघर्षको तर्फबाट आत्मघाती भएको खेलकुद संयोजक सन्दीप कुँवरले जानकारी दिए।

1545169_291102547757091_3026147100202990793_n

नवौं खेलमा बी–१३ कमलपोखरीले ब्रदर्श एफसी अमरसिंहलाई ४–१ ले पराजित ग¥यो। बी–१३ को लागि गोविन गुरुङले दुई तथा हरि गुरुङ र विधान कार्कीले एक–एक गोल गरेका थिए। ब्रदर्श एफसीको तर्फबाट प्रवीन गुरुङले सान्त्वना गोल गरे।दशौं खेलमा मनकामना युथ क्लब नयाँगाउँले मेरोनेपाल युवा क्लब सी लाई ३–० ले पराजित ग¥यो। मनकामनाको लागि रोशन गुरुङ, दिनेश मल्ल र गुराँस नेवारले एक–एक गोल गरेका थिए। ११ औं खेलमा मझेरीकलाघर साधना बी ले ढोरफिर्दी एफसी तनहुँलाई २–० ले पाखा लगायो। मझेरी कलाघरको तर्फबाट दाबा लामा र नोर्वु लामाले एक–एक गोल गरेको । 

५२ टीमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टीमलाई नगद ८८ हजार आठ सय ८८, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ। असोज १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अनुशासित टीम, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।

कमेन्ट गर्नुहोस्
Share: