पर्वतीय संग्रहालयमा ‘जलवायु+परिवर्तन’ प्रदर्शनी सुरु, एक वर्षसम्म प्रदर्शन हुने

Share:

रञ्जन अधिकारी पोखरा, ११ असोज / शनिबार सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । सन् १९८० देखि संयुक्त राष्ट्र संघले सेप्टेम्बर २७ लाई पर्यटन दिवसका रुपमा मान्यता दिएको हो । ३५ औं पर्यटन दिवस ‘पर्यटन र सामाजिक विकास’ भन्ने नाराका साथ शनिबार विश्वभर मनाईएको छ । यसै दिवसको अवसरमा पर्यटकीय नगरी पोखरा स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा शनिबारदेखि विश्वव्यापी जलवायु परिवर्तन अनुकूलनसँग सम्बन्धित रहेर एक तस्वीर प्रदर्शनी शुरु भएको छ ।

museum1

‘जलवायु+परिवर्तन’ नाम दिईएको प्रदर्शनीको इसिमोडका महानिर्देशक डेविड मोल्डेन्, नेपालका लागि अमेरिकी राजदूत पीटर बोडे, शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पा र नेपाल संगति तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले संयुक्त रुपमा शुभारम्भ गरे । यो प्रदर्शनी गत मंसीरमा काठमाण्डौंमा पहिलो पटक भएको थियो भने नेपालमा पोखराको यो दोस्रो संस्करण हो । प्रदर्शनीको आयोजना इसिमोड र ग्लेसियरवक्र्सले गरेका हुन् । एक वर्षसम्म प्रदर्शनी संचालन हुनेछ ।

हिमालय Ôेत्र र पारिस्थितिकीय प्रणालीमा व्याप्त विश्वव्यापी जलवायु परिवर्तनका असरहरु समेटिएको सो प्रदर्शनीमा इसिमोडका तर्फबाट बैज्ञानिक खोज र तस्वीरहरु, डेभिड ब्रेरशियर्स, नेपाली फोटोग्राफरहरु र ग्लेसियरवर्कस्का तस्वीरहरु राखिएको छ ।

यी आकर्Èक तस्वीर, त्यसको व्याख्या र अन्तक्र्रियामार्फत् सहभागीले प्राकृतिक भू–परिधि, पारिस्थिकीय प्रणाली र मानव समुदायले भोगिरहेको विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीहरुलाई नजिकबाट नियाल्न सक्नेछन् । प्रदर्शनीले शिÔक र विद्यार्थीलाई पनि जलवायु परिवर्तनसम्बन्धी विज्ञानको जानकारी दिने र यो विÈयमा जुझारु हुन अभिप्रेरित गर्ने इसिमोडले बताएको छ । यो कार्यक्रम मार्फत् प्रदर्शनीले महत्वपूर्ण हिमाली Ôेत्रमा भइरहेका परिवर्तन र चुनौतीहरु सम्बन्धी ज्ञान, छलफल र बुझाईलाई समाजका विभिन्न तहसम्म पु¥याउने लक्ष्य राखेको छ । प्रदर्शनीमा शहरी Ôेत्रमा देखिने विश्वव्यापी जलवायु परिवर्तनका असरहरु पनिसमेटिएका छन् । यसमा कालो कार्बनको समस्या, वायु प्रदूÈण, खानेपानीको समस्या, जल प्रदूÈण र जनसंख्या वृद्धि जस्ता विÈयहरुलाई समेटिएका छन् । नेपाल र अन्य देशका उदाहरणसहित भवनको पहिलो तल्लामा प्राकृतिक प्रकोपको सामना गर्न र पारिस्थिकीय प्रणालीको संरÔण गर्न सीमा वारपार भएका सहकार्यहरुको प्रस्तुति देखाइएको छ ।

इसिमोडले शनिबार नै छुट्टै अन्र्तक्रिया कार्यक्रम पनि आयोजना ग¥यो । पर्यटन अधिकृत नरेन्द्र लामाले ग्रामीण सडकले अन्नपूर्ण पदमार्गलाई पारेको प्रभाव विषयमा प्रस्तुति राखे भने सोनाम लामाले मनास्लु क्षेत्रका बारेमा प्रस्तुति राखेका थिए । हिमालयले विश्वको कुल भूभागको २४ प्रतिशत हिस्सा ओगटेको छ । यस Ôेत्रमा विश्वका १२ प्रतिशत मानिस बसोबास गर्छन् भने १० प्रतिशत मानिसको जिविकोपार्जन प्रत्यÔ रुपमा हिमालय स्रोतमा निर्भर छ । बा“की ४० प्रतिशत विश्व जनसङख्या हिमालय स्रोतबाट ठूलो मात्रामा वस्तु तथा सेवाको अप्रत्यÔ लाभ प्राप्त गर्ने गरेको इसिमोडले बताएको छ ।

यसैबीच, प्रदर्शनीकै अवसरमा ‘बुक–बस’ घुम्ती पुस्तकालय पनि संग्रहालय प्रांगणमा राखिएको छ । अमेरिकी राजदूतावासद्वारा संचालित घुम्ती पुस्तकालय, पुस्तक, प्रविधि सम्बन्धी सामाग्री र विशेÈ कार्यक्रमहरु लिएर देशका विभिन्न दुर्गम ठाउ“सम्म पुग्ने बताइएको छ ।

प्रदर्शनीका लागि आर्थिक सहयोग इसिमोड फाउन्डेसन, अमेरिकी राजदूतावास, नेपाल पर्यटन बोर्ड र युनिसेफले गरेका छन् भने नेपाल आर्ट काउन्सिल र अन्य संघ–संस्थाहरु फोटो सर्कल, थिंक डिजाईन, नेपाल पर्वतरोहण संघ, अन्तर्राष्ट्रिय पर्वतीय संहालय र सृजनालयको सहकार्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: