कास्कीमा पटका पड्काउने र बिक्रि गर्नेमाथि कडा निगरानी

Share:

पोखरा ३० असोज । तिहारका बेला हुने विभिन्न विकृति विसंगति अन्त्य गर्न कास्की प्रशासन सक्रीय हुने भएको छ । तिहारमा कुनैपनि प्रकारका पटका बेचविखन गर्ने तथा पड्काउने दुवैलाई सार्वजनिक मुद्धा चलाइने भएको छ, भने जुवातास जस्ता विकृति जन्य कृयाकलाप पनि नियन्त्रण गर्न कुनै कसर बाँकी नराखिने प्रशासनले प्रष्टाएको छ ।

नागरिक समाज पोखराले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा चाडबाडका बेला हुने विभिन्न विकृति र विसंगतिका सम्बन्धमा गराएको ध्यानाकर्षणमा प्रशासनले यस्तो जानकारी गराएको हो ।

सो अवसरमा विकृति अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले तिहारमा चाडपर्वको मर्म अनुरुप देउसी भैलो खेल्न कसैले अनुमति लिनु नपर्ने वताए । “अहिले हामी कहाँ देउसी भैलो कार्यक्रमका लागि अनुमति लिन आउनेहरुको लर्को लाग्न थालेको छ ।, उनले भने,–“त्यसका लागि कुनै अनुमति लिनु पर्दैन । तर विकृति फैलाउने गरी छिमेकीलाई असर पार्न पनि पाईदैन । उनले चाडबाडका नाममा जुवातास खेल्न कसैलाई पनि छुट नभएको स्पष्ट पारेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि बशन्त कुमार लामाले पटका बेचविखन गर्ने र पड्काउने दुवैलाई सार्वजनिक मुद्धा चलाईने वताए । उनले पटका र पटका जन्य बस्तु बेचविखन नगर्न र खरिद नगर्न सवैलाई माईकिङ, पम्प्लेटीङ र सार्वजनिक सुचना मार्फत छिट्टै आग्रह गरिने र सबैतर्फ सचेतना फैलाउदा समेत अटेर गर्नेहरुलाई कुनैपनि हालतमा नछाडिने उल्लेख गरे ।

प्रहरी प्रशासनको नियमित काम नै विकृति विसंगति रोक्ने भएको उल्लेख गर्दै उनले त्यसमा नागरिक समाजले पोखरामा गरिरहेको सहयोगको खुलेर प्रसंसा समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: