
२९ असोज | तिहारको शुभकामनासहित चर्चित गीत ‘सबैले मलाई घृणा गरेपनि’को फिमेल भर्सन भिडियो सार्वजनिक गरिएको छ । ‘उन्माद’ एल्बममा समावेश यो गीतको म्यूजिक भिडियो निर्माण यूनिटले सामाजिक संजाल यूट्युबमार्फत सार्वजनिक गरेको हो ।
संचारकर्मी संजोग बस्यालद्वारा निर्देशित भिडियोमा राजन कार्की, सृष्टि सेन्चुरी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । निर्देशनको हिसाबले बस्यालको यो डेब्यू म्युजिक भिडियो हो । ‘डेब्यू राम्रोसँग होस् भन्ने ईच्छाअनुसार मैले यो भिडियोलाई उत्कृष्ट बनाउन खुब मेहेनत गरेको छु ।’ निर्देशक बस्यालले भने–‘दर्शकहरुको प्रतिक्रियाको अपेक्षामा छु ।’ म्यूजिक भिडियोलाई मिलन शंकरले खिचेका हुन् । अनुप पौडेल भिडियोको सम्पादक हुन् ।
सुरेश घमालको शब्द र सुधा रत्नको आवाज रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । यसअघि ‘सबैले मलाई घृणा गरेपनि तिमीलाई वाह वाह गरुन्’ गीतको मेल भर्सन गीतको भिडियो रिलिज भैसकेको छ । जुन भिडियोलाई दर्शकहरुले निकै रुचाएको निर्माण यूनिटले जनाएको छ ।
हेर्नुस् भिडियो
