पोखरा अल्ट्रालाईटले भित्र्यायो नयाँ जहाज, ९ करोड लगानी थप

Share:

गोकुल बानियाँ पोखरा ३ कार्तिक । पोखरा अल्ट्रालाईट कम्पनी प्रलिले पोखरामा नयाँ अल्ट्रालाईट भित्र्याएको छ । तीन ओटा अल्ट्रालाईट मार्फत सेवा दिदै आएको कम्पनीले थप दुई ओटा अत्याधुनिक जहाज पोखरा ल्याएको छ ।

तीन ओटा नयाँ जहाज थप्ने योजना अन्तर्गत दुई ओटा आईपुगेको र अर्को एउटा तीन महिना भित्र आईपुग्ने सञ्चालक पोम नारायण श्रेष्ठले पिसपोखरा डटकमलाई जानकारी दिए । जर्मनीबाट नयाँ क्लोज जहाज ल्याईएको हो । नयाँ अल्ट्रालाईट जहाजमा पनि चालक सहित दुई जनाले उडान गर्न सक्नेछन् । एउटा जहाजको ३ करोडको दरले तीन ओटा नयाँ जहाजमा ९ करोड रुपैया लगानी भएको छ ।

Altralight-3-1024x764

६ करोड लगानीमा तीन जहाज मार्फत सेवा सुरु गरेको पोखरा अल्ट्रालाईटले छोटो समयमै राम्रो ब्यापार गरेको छ । यो समेत पोखरा अल्ट्रालाईटमा लगानी १६ करोड रुपैया पुगेको छ । नयाँ जहाजको टेष्ट फ्लाईट मंगलवार हुने र दुई दिन भित्रमा नियमित उडान सुरु गरिने श्रेष्ठले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: