त्रिशूलीमा ट्रक खस्यो, ४ जना हराएको आशंका

310
0
Share:

धादिङ, कार्तिक ३ । काठमाडौँबाट धादिङको चरौँदीतर्फ आउँदै गरेको ना४ ख ८८१४ नंको ट्रक सोमबार साँझ त्रिशूली नदीमा खस्दा चार जना बेपत्ता भएका छन् । अपरान्ह साढे चार बजे उक्त ट्रक राजमार्गबाट सिधै त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

उक्त ट्रकका चालक धुषा १ चरौंदी निवासी विमल खड्का सहित चरौंदीकै एक जना नाम खुल्न नसकेको खलासी र ना ४ ख ८८१३ नम्वरमा काम गर्ने गोरखा घ्याल्चोक निवासी अर्को खलासी र एक जना युवती रहेको प्रत्यक्षदर्शीले वताएका छन् ।

कालिमाटीमा तरकारी पुर्याएर फर्किएको ट्रकमा ट्रकमा को–को सवार थिए भन्ने खुलेको छैन। ट्रक त्रिशूली नदीको बीच भागमा अड्किएको छ। ट्रकको बडीको थोरै आकार मात्र देखिएको छ। दुर्घटनालगत्तै उद्धारका निम्ति स्थानीय, इलाका प्रहरी कार्यालय गजुरीलगायत घटनास्थल पुगे पनि पानीमा पुरै डुबेका कारण उद्धारको काम हुन सकेको छैन। तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिए पनि कारण अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: