कात्तिक ३ – विश्व स्वास्थ्य संगठन डब्लुएचओले अफ्रिकी देश नाइजेरियालाई इबोला मुक्त घोषणा गरेको छ । ६ हप्तासम्म इबोलाको नयाँ संक्रमण फेला नपरेपछि नाइजेरियालाई डब्लुएचओले इबोला मुक्त घोषणा गरेको हो ।
नाइजेरियाको राजधानी बजुजामा बोल्दै नाइजेरियाका लागि डब्लुएचओका प्रतिनिधि रुइ गामा वाजले यो ठूलो सफलता भएको बताउनुभयो । नाइजेरियामा गएको जुलाइमा लाइबेरियाका एक कुटनितिज्ञले रोग लिएर गएका थिए । इबोलाका कारण अहिलेसम्म ४५ सय भन्दा बढीको ज्यान गएको छ । ज्यान जानेमा अधिकांश पश्चिम अफ्रिकी मुलुकका नागरिक छन् । इबोला संक्रमण फैलिएका मध्ये ७० प्रतिशत मानिसको ज्यान गैसकेको छ ।
कमेन्ट गर्नुहोस्
