
रञ्जन अधिकारी पोखरा, ७ कात्तिक । बिग एफएमले बुधबारदेखि सुरु गरेको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’मा सहभागिता जनाउनेको संख्या दिनदिनै बढिरहेको छ । एसएमएस गर्ने श्रोताहरुमध्ये गोथाप्रथाद्वारा छनौट गरी रेडियोले नै सम्पर्क गरेर गेम खेलाउने भएकाले श्रोताहरुले एसमएस गर्न बाहेक एक रुपैंया पनि गुमाउनु नपर्ने भएकाले ‘हार होईन, जितै जित’थिममा गेम सञ्चालन भईरहेको हो । पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले यो पटकको ‘तिहारको खेल मज्जाको खेल’लाई मुख्य प्रायोजन गरेको छ ।
तेस्रो दिन नौ सहभागीहरुले १८ हजार ५० जितेका छन् । शुक्रबार सुजाता सुवेदी ले सर्वाधिक आठ हजार जितिन् । यस्तै, कमल बरालले ३ हजार, विद्या भुर्तेलले २ हजार, रेखा कार्कीले १५ सय, सन्देश थापा र मीना खनालले जनही एक हजार, प्रवेश केसीले आठ सय, अनुस्का ठकुरीले ५ सय र सुपेन्द्र राईले २ सय ५० जिते । दोस्रो दिन बुद्धचोक पोखराकी सुस्मिता अधिकारीले सर्वाधिक पाँच हजार तथा पहिलो दिन बुधबार मालेपाटनकी सरस्वती पौडेलले सर्वाधिक दुई हजार रकम जितेकी थिईन् ।
खेल खेलेर स्रोताहरुले कम्तिमा एक देखि बढिमा २५ हजार रुपैँयासम्म जित्न सक्नेछन् । राति ७ बजेदेखि दुई घण्टा बढि समयसम्म सञ्चालन हुने कार्यक्रममा प्रस्तोताले सहभागीलाई १ देखि १५ ओटा नम्बर दिनेछन् । प्रस्तोता ममता अधिकारीले खेलाउने गेममा सहभागीले पालैसँग नम्बर छान्दै जानुपर्नेछ र अन्त्यमा जुन नम्बर बाँकी रहनेछ त्यस लक्की नम्बरमा भएको रकम उसले जित्नेछ । रेडियो गेम शो बुधबार कुकुर तिहारदेखि ७ गते गोबद्र्धन पुजासम्म चल्नेछ ।
एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई BIG टाईप गरेर एक स्पेस दिई FM लेखि फेरि स्पेश दिएर आफ्नो पूरा नाम र फोन नम्बर लेखी ४३२१ मा पठाउनुपर्नेछ । यसअघि बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो । विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चलमै नम्बर वान बन्न सफल एफएमले वर्षेनी ‘बिग आईकन’ नामक गायन रियालिटि शो समेत गर्दै आएको छ ।
