तीन दिन सञ्चालित ‘तिहारको खेल, मज्जाको खेल’ सकियो, २१ सहभागीले साढे ३१ हजार बढि जिते

Share:

रञ्जन अधिकारी पोखरा, ७ कात्तिक । बिग एफएमले बुधबारदेखि सुरु गरेको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सम्पन्न भएको छ । तीन दिनसम्म संचालित गेममा २१ जना सहभागीले कूल ३१ हजार ६ सय २१ रुपैंया जितेका छन् ।

गेममा सहभागिता जनाउनेको संख्या दिनदिनै बढिरहेको थियो । एसएमएस गर्ने श्रोताहरुमध्ये गोथाप्रथाद्वारा छनौट गरी रेडियोले नै सम्पर्क गरेर गेम खेलाउने भएकाले श्रोताहरुले एसमएस गर्न बाहेक एक रुपैंया पनि गुमाउनु नपर्ने भएकाले ‘हार होईन, जितै जित’थिममा गेम सञ्चालन भएको हो । पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले यो पटकको ‘तिहारको खेल मज्जाको खेल’लाई मुख्य प्रायोजन गरेको हो । निकट भविष्यमै एक कार्यक्रम आयोजना गरी विजयीलाई रकम प्रदान गरिने कार्यक्रम संयोजक संजोक बस्यालले जानकारी दिए ।

तेस्रो दिन मात्रै नौ सहभागीहरुले १८ हजार ५० जितेका छन् । शुक्रबार सुजाता सुवेदी ले सर्वाधिक आठ हजार जितिन् । यस्तै, कमल बरालले ३ हजार, विद्या भुर्तेलले २ हजार, रेखा कार्कीले १५ सय, सन्देश थापा र मीना खनालले जनही एक हजार, प्रवेश केसीले आठ सय, अनुस्का ठकुरीले ५ सय र सुपेन्द्र राईले २ सय ५० जिते ।

दोस्रो दिन विहिबार ६ जना सहभागीले आठ हजार पाँच सय ५१ रुपैंया जिते । बुद्धचोक पोखराकी सुस्मिता अधिकारीले सर्वाधिक पाँच हजार जितेकी थिईन् । पहिलो दिन पनि ६ जनाले सहभागिता जनाएकोमा कूल पाँच हजार २० जितेका थिए । बुधबार मालेपाटनकी सरस्वती पौडेलले सर्वाधिक दुई हजार रकम जितेकी थिईन् ।

खेल खेलेर प्रत्येक स्रोताले कम्तिमा एक देखि बढिमा २५ हजार रुपैँयासम्म जित्न सक्ने थियो । कार्यक्रममा प्रस्तोताले सहभागीलाई १ देखि १५ ओटा नम्बर दिने नियमानुसार सहभागीले पालैसँग नम्बर छान्दै जानुपर्ने र अन्त्यमा जुन नम्बर बाँकी रहनेछ त्यस लक्की नम्बरमा भएको रकम उसले जित्ने व्यवस्था थियो ।

एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई द्यक्ष्न् टाईप गरेर एक स्पेस दिई ँः लेखि फेरि स्पेश दिएर आफ्नो पूरा नाम र फोन नम्बर लेखी ४३२१ मा पठाउनुपर्ने नियम थियो । यसअघि बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो । विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चलमै नम्बर वान बन्न सफल एफएमले वर्षेनी ‘बिग आईकन’ नामक गायन रियालिटि शो समेत गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: