पहिरोका कारण अवरुद्ध छन् यी सडक

Share:

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न सडक अवरुद्ध भएका छन् । बिहीबार (असोज ८) बिहान ७:३० बजे अपडेट सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो ।

खोटाङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ६:४० बजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौतेखोलामा ढुंगासहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीस्थित सालझण्डी-ढोरपाटन सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ७:९ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुङग्रेखोला नजिकै सालझण्डी-ढोरपाटन सडकमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: