
पोखरा ११ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा। खगेन्द्र प्रसाद भट्टराईसहित २३ पदाधिकारी र कर्मचारीलाई पक्राउ गरेको छ ।
पोखरा विश्वविद्यालय पोखरामा भएको आर्थिक अनियमितता तथा भ्रष्टाचारको अनुसन्धानका क्रममा अनियमितता गरेको देखिन आएकाले भट्टराई सहित २३ जनालाई हिरासतमा लिइएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा पूर्व उपकुलपति केशरजंग बराल, रजिष्टार मानबहादुर केसी, पूर्व रजिष्टार ओमप्रकाश शर्मा, डिन सुरेशप्रसाद वास्तोला, योजना महाशाखा प्रमुख हरिबहादुर खड्का, उपप्रशाखक लेखा यादव थापा, रविन्द्र प्रसाद बराल छन् ।
यस्तै परीक्षा नियन्त्रक बलराम भट्टराई, कामु परीक्षा नियन्त्रक पूर्णचन्द्र शर्मा, पूर्व परीक्षा नियन्त्रक कर्णवीर पौडेल, कन्सल्टेण्ट प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रमुख विनोद प्रसाद ढकाल, उपप्रशासक होमबहादुर थापा, गोवर्धन भट्टराई पनि पक्राउ परेका छन् ।
यस्तै कार्यकारी परिषद्का सदस्य दिपकराव पौडेल, पूर्व सदस्यहरु इन्द्रप्रसाद तिवारी, भवानीप्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणि पौडेल, इश्वरचन्द्र बानिया छन् । ठेकेदार रामेश्वर भण्डारीलाई पनि हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।
