
पोखरा १३ कात्तिक । मिथिलाबासीको महान पर्वका रुपमा परिचित छठ पर्व आज विहान उदाउदो सूर्यलाई अर्घ दिएर सकिएको छ । विशेष गरि तराईमा मनाइने यौ पर्व पछिल्लो समय काठमाडौ र पोखरामा पनि भब्य रुपमा मनाउने गरिएको छ । बुधबार अस्ताउदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठ आज विहान उदाउदो सुर्यलाई अर्ध दिएपछि सम्पन्न भएको मानिन्छ । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उनीहरु पुजा गर्न गर्छन । पोखराको नारायणथान मन्दीर नजिकको नहरमा करीब तीन दशकबाट पुजा आजा हुदै आएको र भक्तहरुको सङख्यामा पनि बृद्धि भएको देवरानायण सुतीहारले बताउनु भयो ।
भक्तजनहरु निराहार ब्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ दिने र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ । सो अवसरमा मन्दिर परिसरमा छठ पूजा, विभिन्न भजनकीर्तन, नाचगान, प्रसाद वितरण गरिन्छ । सूर्य भगवानको साथमा छठी मैयाको पूजा हुने छठ पर्वमा सरकारले हिजो सरकारी विदा समेत दिएको थियो । । ठेकुवा, लडु, कसार, पुरुकिया, खजुरी, पञ्चमेर, पञ्चफल विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, मूला, निम्बु, अदुवा, उखु लगायतका फलफुल छठमा चढाइन्छ ।
२०४४ सालदेखि पोखरामा पनि छठ् पर्व सुरु गरिएको प्राध्यापक तथा छठ पर्व समिति नारायणथान मन्दिर समिति सदस्य देवरानारायण सुतियारले बताउनु भयो । रोजगारीका सिलसिलामा तराई र छिमेकी देश भारताबाट पोखरा आइ बसोवास गर्नेहरु घर जान नपाउने भएकाले घरमा जसरीनै छठ पर्व मनाउन पाउन भन्ने उदेश्यले पोखरामा पनि छठ पर्व मनाउन थालिएको उहाँको भनाई छ ।पोखराको नारायणथान मन्दीर नजिकको नहर, फेवातालको किनार केदारेश्वर महादेवमणि मन्दिर, विजयपुर खोला लगायतका ठाँउहरुमा छठ पुजा गर्न ब्यवस्थीत भक्तजनहरुको ठूलो भिड लागेको थियो । सामुहिक रुपमा पोखराको नदिपुरस्थित नाराणस्थान मन्दिर र केदारेश्वर मन्दिर परिसरमाको फेवाताल किनारामा छठको पुजा गर्ने र अस्ताउदो सुर्यलाई अर्घ दिइन ब्यवस्थीत पारिएको थियो ।
छठका भत्तालुहरुले आफ्नै सक्रियतामा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनका लागि पुर्जा गर्ने स्थान सहज पार्न जुटेका थिए । उनीहरुले केराको खम्मा, फलफुलका वोट लगायका वोटहरु सजाएका छन् ।
