भ्रमणको क्रममा सहारा एकेडेमी अक्षय कोषमा एक लाख ६० हजार सहयोग

304
0
Share:

पोखरा १२ कात्तिक । कामको शिलशिलामा विदेश गएका नेपालीहरुले पोखरा भ्रमणको क्रममा बुधबार सहारा एकेडेमीको खेलाडी अक्षयकोषमा १ लाख ६० हजार सहयोग हस्तान्तरण गरेका छन । सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमी दोविल्लाको लालिगुराँस एसोसिएसन वरिष्ट सल्लाहकार राजेन्द्र गुरुङ, लालिगुराँस एसोसिएसन यू.के. अध्यक्ष लव गुरुङ, सहारा क्लब विशाल गुरुङ, लालिगुराँस एसोसिएसन नेपालका अध्यक्ष डम्वरजङ गुरुङ लगाएतले सहयोग गरेका हुन् ।

सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य, सल्लाहकार परिषद सभापति विक्रम थकाली लगाएत क्लबका पदाधिकारीहरुले स्वागत गरेका थिए । सो अवसरमा लालिगुराँस एसोसिएसन वरिष्ट सल्लाहकार राजेन्द्र गुरुङले १ लाख रुपैयाँ, लालिगुराँस एसोसिएसन युके अध्यक्ष लव गुरुङ, लालिगुराँस एसोसिएसन नेपालका अध्यक्ष डम्वरज गुरुङ, विशालद्धारा २०÷२० हजार सहारा एकेडेमी अक्षय कोषका लागि सहयोग रकम क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: