मलेसियालाई हराउँदै नेपाल डिभिजन टूमा उक्लियो, डिभिजन थ्रीको उपाधिका लागि युगाण्डासँग भिड्दै

300
0
Share:

क्वाललाम्पुर, १३ कात्तिक । वर्षाका कारण प्रभावित खेलमा डिएल मेथड अनुसार मलेसियालाई ३६ रनले पराजित गर्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा उक्लिएको छ । साथै डिभिजन थ्रीको उपाधिका लागि युगाण्डासँगको भेट पक्का गरेको छ ।

समूह चरणमा भएको भेटमा युगाण्डा २० रनले विजयी भएको थियो । अघिल्लो पटक डिभिजन थ्रीको उपाधि जित्ने क्रममा नेपालले युगाण्डालार्इ नै ५ विकेटले हराएको थियो । डिभिजन टू क्रिकेट नामावियामा हुनेछ । अघिल्लो पटक डिभिजन टूमा पुगेर पनि नेपालले खेल्न पाएन । विश्वकप छनोटमा नवौं भएपछि नेपाल डिभिजन थ्रीमा घटुवा भएको थियो ।

आगामी वर्ष २०१५ कत्त जनवरी १७ देखि २४ सम्म नामावियामा हुने डिभिजन टूमा ६ देशले भाग लिनेछन् । विश्वकप छनोटमा पाँचौंदेखि आठौं भएको देशहरु क्रमशः केन्या, नाविबिया, नेदरल्याण्ड र क्यानडाले डिभिजन टूमा खेल्नेछ । यस्तै डिभिजन थ्रीबाट बढुवा भएको नेपाल र युगाण्डाले पनि खेल्नेछन् ।
डिभिजन टूको शीर्ष चार टोलीले २०१८ मा विश्वकप छनोट खेल्नेछ भने बाँकी दुई टोली डिभिजन थ्रीमा घटुवा हुनेछ।

पानीको अवरोध, डी एल मेथडमा ३५ रनको जित

सेलङ्गोर टर्फ क्लबमा मलेसियाले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा २ विकेटको क्षतिमा ८९ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।

पानीसँगै आएको हावाहुरीले प्लेयर बक्स भत्काउनुका साथै मैदानमा पानी जमेपछि खेल हुने सकेन र डक वर्थ लुइस मेथडका आधारमा नेपाल ३६ रनले विजयी घोषणा भयो ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको मलेसिया ४३.३ ओभरमा १४२ रन जोड्दा अलआउट भयो । उसका लागि अनवर अरुद्धिनले ६९ रन बनाए । पावर प्ले ओभरमा मात्र ९ चौका हानेका उनले १२६ बलमा ११ चौका र १ छक्का हानेका छन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान पारसले उत्कृष्ट बलिङ गरे । उनले मलेसियाको सुरुवात ४ विकेट लिएका थिए । ९ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै २० मात्र दिए । उनले चार क्याच समेत लिए ।

उनी म्यान अफ दि म्याच घोषित भए । भुवन कार्कीले ३ विकेट लिएका छन् । शक्ति गौचनले ५ ओभरमा एक मेडन राख्दै ९ रन दिएर दुई  रन विकेट लिएका छन् । सागर पुनको नाममा एक विकेट रह्यो । नेपालले मलेसियाका सबै व्याट्सम्यानलाई क्याच आउट गरेको थियो ।

अमेरिका र बर्मूडा डिभिजन फोरमा घटुवा

अमेरिका र बर्मूडा डिभिजन फोरमा घटुवा भएका छन् । समूह चरणको अन्तिम खेलमा अमेरिका सिंगापुरसँग डीएल मेथडका आधारमा ३२ रनले पराजित भयो । बर्मूडालाई युगाण्डाले ७ विकेटले हरायो ।

दुबै देशले प्रतियोगतामा १-१ खेल मात्र जितेका छन् । अब अमेरिका र बर्मूडाले पाँचौं स्थानका लागि खेल्नेछन् । नेपालसँगको हारपछि पनि मलेसिया डिभिजन थ्रीमा कायमै रहेको छ । अमेरिकालाई हराएको सिंगापुर पनि डिभिजन थ्रीमै रहृयो । मलेसिया र सिंगापुर तेस्रो स्थानका लागि खेल्नेछन् ।

उपाधिका लागि नेपाल युगाण्डासँग भिड्दै, टस जितेको नेपाल ब्याटिङ्मा

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधिका लागि अहिले नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दैछ । मलेसियाको क्लालालम्पुरस्थित किनरारा ओभल मैदानमा शुरु भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

पारस खड्काको कप्तानीमा रहेको नेपालले डिभिजन तीन समुह चरणको पहिलो खेलमा नै युगाण्डासँग पराजित भएको थियो । युगाण्डासँग पहिलो खेलमै पराजित भएको नेपालले समूह चरणको अफ्नो सबै खेलमा अन्य समूहलाई हराउँदै फाइनलमा पुगेको हो । युगाण्डासँगको खेलमा नेपाल २० रनले पराजित गरेको थियो । पहिलो खेलमै भोगेको पराजयको बदला लिदै उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिएको छ । उपाधि भिडन्त अघि नै नेपाल आईसीसी वल्र्ड क्रिकेटको लिग डिभिजन टुमा प्रवेश गरिसकेको छ ।

Onlinekhabar

कमेन्ट गर्नुहोस्
Share: