उपकुलपति सहित पदाधिकारी निलम्बनमा परेपछि पोखरा बिश्वबिद्यालय ठप्प

412
0
Share:

छात्रबृति बितरण देखि फागुनको दिक्षान्त समारोह पनि अनिश्चित, तत्काल बैकल्पिक ब्यबस्थाको माग

PUगोकुल बानियाँ , पोखरा १४ कार्तिक । भ्रष्टाचारको अभियोगमा उप–कुलपति सहित २३ जना पदाधिकारीहरु निलम्बनमा परेपछि पोखरा बिश्वबिद्यालय अस्तब्यस्त बनेको छ । बिश्वबिद्यालयको नियमित कामकारबाहीदेखि भाबि कार्ययोजना समेत अन्योलमा परेको छ । बिद्यार्थीको पढाई पनि प्रभाबित भएको छ । पोखरा बिश्वबिद्यालयको लेखनाथ खुदी स्थित केन्द्रिय कार्यलयमा हुने सबै प्रशासनिक काम ठप्प छ ।

PUबिश्वबिद्यालयका प्राध्यापक, बिद्यार्थी र कर्मचारी पनि अन्योलमा छन् । बिश्वबिद्यालयका उप–कुलपति खगेन्द्र प्रसाद भट्टराई सहित रजिष्टार, परिक्षा नियन्त्रक, सबै संकायका डिन अख्तियारको निलम्बनमा परेपछि बिश्वबिद्यालयको लेखा शाखा बन्द छ । प्रशासनिक काम पनि ठप्प रहेको बिश्वबिद्यालयका कामु उप–प्रशासक रोशन पाण्डेले बिगएफएमलाई बताए । बिश्वबिद्यालयको बोर्ड परिक्षाको परिक्षाफल प्रकाशन देखि छात्रबृति बितरण अनिश्चित बनेको छ । छात्रबृतिको लागि कार्तिक २ गतेदेखि आबेदन फारम संकलनको काम भैरहेको छ । कार्तिक महिनाभर आबेदन फारम बुझाउने समय तोकिएपनि छनौट भने अनिश्चित बनेको छ ।

छात्रबृति बितरण समितिको संयोजक बिज्ञान तथा प्रबिधि संकायका डिन डा. सुरेस प्रसाद बास्तोला भएपनि उनि अख्तियारको निलम्बनमा परेका छन् । छनौट समितिका सदस्यहरु तीनै संकायका डिन अख्तियारको फन्दामा परेकाले आबेदन संकलनको काम मात्रै भएको र छनौट भने अन्योलमा रहेको पाण्डेले बताए । त्यस्तैPUबिश्वबिद्यालयको बजेट, निति तथा कार्यक्रम पारित नहुदा प्राध्यापक कर्मचारीको तलब भत्ता सहित दैनिक प्रशासनिक खर्च संचालनमा कठिनाई भएको छ । बिश्व बिद्यालयको आगामी फागुनमा हुने भनिएको दिक्षान्त समारोह पनि अब अनिश्चित बनेको छ ।

पोखरा बिश्वबिद्यालयका नेबिसंघ नेता रमेश सुबेदीले उप–कुलपति सहित सबै पदाधिकारी निलम्बनमा परेकाले बिद्यार्थी पनि अन्योलमा रहेको बताए । बिश्वबिद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री शुसिल कोईरालाले तत्काल अन्योलता अन्त्य गर्न तर्फ लाग्नुपर्नेमा उनले जोड दिएका छन् । बिश्वबिद्यालयमा रहेका अन्य कर्मचारी पनि शोकमा रहेको भन्दै उनले बिद्यार्थीको भबिश्वमाथि समेत प्रश्न उब्जिएको गुनासो गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वबिद्यालयबाट नया कलेजहरुलाई सम्बन्धन दिने लगायतका आर्थिक कृयाकलाप हुने अधिकांश क्षेत्रमा भ्रष्टाचार भएको दाबि गरेको छ । विश्वबिद्यालयका बहालवाला सहित पूर्ब उपकुलपति र अन्य पदाधिकारी बिरुद्ध दायर गरिएको भ्रष्टाचारको मुद्धामा सम्बन्धन, भौतिक निर्माण, कर्मचारी नियुक्ती लगायतका क्षेत्रमा आर्थिक चलखेल भएको दाबि गरिएको छ ।

नयाँ कलेजको सम्बन्धनका क्रममा ९ लाख ५० हजार रुपैया भ्रष्टाचार भएको दाबि सहित अख्तियारले उप–कुलपति खगेन्द्र प्रसाद भट्टराई, रजिष्टार मान बहादुर केसी, योजना महाशाखा प्रमुख खड्का सहितलाई बिपक्षी बनाएको छ । कर्मचारी नियुक्तीमा प्रक्रिया नपु¥याएको छानबिनबाट खुलेको छ ।

छानबिनको क्रममा विश्वबिद्यालयको नियम बिपरित आर्थिक सहायतामा पनि पदाधिकारीले उदार भएर रकम बाढेको खुल्न आएको छ । परिक्षा नियन्त्रण कार्यालयको भबन निर्माणमा १४ लाख ९२ हजार भ्रष्टाचार भएको अख्तियारको दाबि छ । दुई करोड ४४ लाख कुल बिगो कायम गरिएकोमा उपकुलपति भट्टराईमाथि मात्रै एक करोड २३ लाख रुपैया मागदाबि गरिएको छ ।

सोमवार पक्राउ परेका उनिहरुबिरुद्ध मंगलवारनै बिशेष अदालतमा मुद्धा दायर भएपछि सबै पदाधिकारी निलम्बनमा परेका हुन् । पोखरा विश्वबिद्यालय अन्तर्गत ५८ कलेजहरु सम्बन्धन प्राप्त छन् ।

कमेन्ट गर्नुहोस्
Share: