
पोखरा, १५ कात्तिक / पोखराको बाबा फाउन्डेसनद्वारा संचालित बाबा आनन्द संचार पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका संबाददाता लालप्रसाद शर्मालाई दिइने भएको छ । पुरस्कार छनौट समितिको शुक्रबार सम्पन्न बैठकले कान्तिपुर पोखरा ब्यूरोमा कार्यरत शर्मालाई दिने निर्णय गरेको हो ।
बालबालिकाको क्षेत्रमा समाचार लेखेको भन्दै शर्मालाई उक्त पुरस्कार दिन लागिएको हो । पुरस्कारको राशी १० हजार रुपैया“ र सम्मान पत्र रहेको छ । छनौट समितिका संयोजकमा रुद्रप्रसाद भट्ट, सदस्यहरु पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, बाबा फाउन्डेशनका सचिव रबी बसौला र पुरस्कार स्थापना गर्ने परिवारको तर्फबाट शर्मिला श्रेष्ठ थिए ।
पुरस्कार आनन्दराज श्रेष्ठको स्मृति दिवसको अवसरमा यही कात्तिक २३ गते दिईने छ । श्रेष्ठको परिवारद्वारा उक्त पुरस्कारको स्थापना भएको हो । पोखराको आदर्श समाज दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका शर्मा १४ बर्षदेखि कान्तिपुर पब्लिकेशन्समा आबद्ध छन् ।

